साउन १० झापा। पछिल्लो समय कोरोना संक्रमण बढ्न थालेपछि विर्तामोड नगरपालिका सिल हुने भएको छ । नगरपालिकाको कोरोना संक्रमण रोकथाम तथा राहत ब्यवस्थापन नगर समन्वय समितिको आज बसेको बैठकले विर्तामोड सिल गर्ने निर्णय गरेको हो । १३ गते बुधबार मध्यराति देखि २० गते वुधबार सम्म सिल गर्ने निर्णय भएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले १३ गते सम्म आफुलाई चाहिने आवश्यक वस्तुहरुको ब्यवस्थापन गर्न र बन्दलाई सहयोग गर्न सम्पुर्ण नगरबासिलाई अनुरोध समेत गरेको छ । सिल गरिएको समयमा अत्यावश्यक साधन वाहेकका साधनहरुलाई पुर्ण रुपले रोक लगाईने जनाइएको छ । यद्धपि संघिय सरकारको निर्णय अनुसार त्रिभुवन विश्व विद्यालय तथा अन्य विश्व विद्यालय र शिक्षण सस्थाहरुबाट संचालन भईरहेको परिक्षा भने निरन्तर जारी रहने बताइएको छ । परिक्षामा सामेल हुदा स्वास्थ्य सम्बन्धि मापदण्डको पुर्ण पालना गर्नुपर्नेछ ।