इनरुवा, कार्तिक १४ गते । सुनसरीको इनरूवा नगरपालिका–८ डुम्राहाका २५ वर्षीय श्यामसुन्दर मण्डलको हत्या गरेको आरोप बाहिर आएको छ । इनरुवा नगरपालिका–८ का ५० वर्षिय रघुविर मण्डल र ४५ वर्षिय जदु भन्ने यदु मण्डल सहितले श्यामसुन्दर मण्डलको हत्या गरेर रुखमा झुण्ड्याएको आरोप बाहिर आएको हो ।

मृतकका ४३ वर्षिया आमा कमली मण्डलले मंगलबार आफ्नै घरमा पत्रकार सम्मेलन गरेर छोरा मोहोन भन्ने श्यामसुन्दर मण्डललाई पीडक रघुविर मण्डल र उहाँका भाई ४५ वर्षिय जदु भन्ने यदु मण्डल सहितले हत्या गरेको आरोप लगाउनुभएको छ । कमलीले पत्रकार सम्मेलनमा छोराले रघुविरको छोरीसंग प्रेम सम्बन्ध राखेको आरोपमा दुई वर्षदेखी पटकपटक दबाव, तनाव, कुटपीट गर्दै आएकोमा कार्तिक ८ गते राती रघुविर र जदुले राती ११ बजेतिर घरबाटै उठाएर लगेको र भोली पल्ट रघुबिरको घरकै छेउमा रुपमा झुण्डिएको अवस्थामा फेला परेकाले हत्या गरेको दावी गर्नुभयो ।
आर्थिक हैसियत समान नभएकाले जाती मिलेर पनि प्रेम गरेको आधारमा हत्या गरेको मृतकका आमा कमलीको दावी छ । मृतकका परिवारजनले पीडकको घरकै आगाडीको रुपमा झुण्डिएको नभई मारेर झुण्डाएको दोवी गरेको छ । घरबिर मण्डलकी छोरी रोहनी मण्डलसंग आफ्नो छोरा प्रेम चलेकोले हत्या गरेको आरोप लगाएको छ ।
परिवारजनले हत्या भएको दावी गरेको भएपनि पीडक भनी आरोप लगाएको रघुबिर मण्डलले भने घटना आफ्नो घरकै अगाडीको रुखमा झुण्डेको भएपनि हत्या नभई आत्महत्या भएको प्रतिकृया दिनुभयो । घटनामा आफूहरुको कुनै हात नरहेको जिकिर गर्नुभएको छ ।


अर्का आरोपीत जदु मण्डलले समेत घटनाको बारेमा लगाएको आरोप निराधार र झुठो भएको प्रतिकृया दिनुभयो । घटना भएको दिन आफू रामधुनीमा रहेको समेत दावी गर्नुभएको छ ।
श्यामसुन्दर र आफ्नो भतीजीको बीचको प्रेम सम्बन्ध र हत्या वा आत्महत्याको बारेमा आफू बेखबर रहेको जानकारी दिनुभयो । पीडित पक्षले कार्तिक ९ गते जिल्ला प्रहरी कार्यालय सुनसरीमा घटनास्थलको लाशजाचँ प्रकृति मुचुल्का तथा शव परिक्षण गरि प्रमाण लगाई पाउँ भनेर जाहेरी दिएको थियो । प्रहरीले शवको पोष्टमार्टम कार्तिक ९ गते वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गराई परीवरलाई शव जिम्मा लगाएको छ । मृतकको परिवारजनले सतगत गरेको थियो ।
घटनाको सात दिन पछि दोषीमाथि कार्वाही र आफूलाई न्यायका लागि पहल गरिदिन भन्दै पत्रकार सम्मेलन मार्फत पीडित पक्षले अपिल गरेको छ । दोषीलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कारबाहीको प्रक्रिया अगाडि बढाउन माग गरिएको छ ।
प्रहरीले भने पोष्टमार्टमको रिर्पोट आएपछि मात्रै हत्या वा आत्महत्या खुल्ने भएकाले घटनाको अनुशंधान भईरहेको जनाइएको छ । डुम्राहाका २५ वर्षीय श्यामसुन्दर मण्डलको शव कार्तिक ९ गते विहान रुखमा झुण्डिएको अवस्थामा फेला परेको थियो ।