कोशीका प्रहरीमा प्रवेश गर्न इक्छा राखेकाहरुलाई निशुल्क रुपमा तालिम

जयकृष्ण यादव । इनरुवा
इनरुवा,जेठ २५ गते । कोशी प्रदेशमै पहिलो पटक स्थानीय तहमध्ये सुनसरीको कोशी गाउँपालिकाले प्रहरी सेवामा प्रवेशको इक्छा राखेकाहरुलाई निशुल्क रुपमा तालिम दिन सुरु गरेको छ । गाउँपालिकाले आफ्नै लगानीमा ५० युवायुवतीहरुलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरीमा प्रवेश गर्न सहजताका लागि पूर्व तालिम तथा अभ्यास कार्यक्रम सुरु गरेको हो । कोशी गाउँपालिकाका अध्यक्ष ऐयुव अंसारीले देशको सुरक्षामा खटिने प्रहरी सेवामा प्रवेशको इक्छा राख्नेहरुलाई प्रहरी तथा सुरक्षा सम्बन्धी आधारभूत तालिम दिन सुरु गरेको जानकारी दिनुभएको छ । विहीबार एक कार्यक्रमका बीच निशुल्क प्रहरी सेवामा भर्ना सम्बन्त्री तालिम तथा अभ्यास कार्यक्रमको उद्घाटन गर्नुहुदै अध्यक्ष अंसारीले प्रहरीको आधारभूत तालिम सिकाएर प्रहरी सेवामा प्रवेश गराउने लक्ष्यका साथ तालिम गरिएकोे बताउनुभयो । अध्यक्ष अंसारीले गाउँका युवायवतीहरुलाई देशको सुरक्षाको बारेमा जानकारी सहित भर्ना हुनु पूर्व नै आधारभुत ज्ञान र अभ्यास गराउन सकेको खण्डमा प्रवेश पाउन सहज हुने अपेक्षाका साथ एक महिने तालिम दिन सुरु गरेको बताउनुभयो । कोशी गाउँपालिकाको सहयोगमा स्थानीय सामाजिक जीवन केन्द्र नेपालको आयोजानमा तालिमको उद्घाटन भएको आयोजक संस्थाका अध्यक्ष हजरत हुसेनले जानकारी दिनुभयो । कोशी गाउँपालिकाका भित्रका विभिन्न वर्ग समुदायका युवायुवतीहरुले तालिम लिईरहेका छन । यो तालिममा सहभागिहरुले प्रहरी सेवा प्रवेश गर्ने गरी तालिम उपयोगी रहेको प्रतिकृया दिएका छन् । सबैलाई अभ्यासका लागी जर्सी समेत बितरण गरिएको संस्थाका दिनेश साहले जानकारी दिनुभयो ।

धर्मेन्द्र मेहताले संचालन गर्नुभएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रशिक्षकहरु, कोशीका उपाध्यक्ष अनितदेवी यादव, गैरसरकारी संस्था महासंघका अध्यक्ष मेघराज न्यौपाने, गोरखापत्र दैनिकका जयकृष्ण यादव, पत्रकार मुस्ताक आलम, मुनाफ हसन सहितको उपस्थिती रहेको थियो । प्रहरीमा प्रवेश गर्दा पुरा गर्नुपर्ने प्रकृया, सुरक्षाका लागि अपनाउनुपर्ने उपायहरु, लाठी अभ्यास, शारीरिक ब्यायम, सलाम गर्ने तरिका लगायतको बारेमा अभ्यास गरारहेको छ ।
