सुनसरी
२०८१, पुस २४ गते । सुनसरीको इनरुवा नगरपालिका ७ चान्दबेलाको नेपाल राष्टिय हरि माध्यमिक विद्यालयका निमावि गणित शिक्षक भोक्राहा नरसिंह ६ निवासी ३१ वर्षिय असोक मेहतामाथि पुस २४ गते विद्यालयमै कुटपीटको प्रयास भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निर्मल सिंह खबासले कार्यालय समयमा विद्यलाय किन नआएको भन्दै शिक्षक मेहतामाथि गालीगलौज सहित दुव्र्यवहार र कुटपीट प्रयास गर्नुभएको हो । शिक्षक मेहताले आफूलाई विद्यालयमा नियमित काम गर्दा समेत मानसिक तनाव दिने र बुधबार पाँच मिटेट ढिलो हुदाँ विव्यस अध्यक्ष इनरुवा नगरपालिका ७ चान्दबेला निवासी ४० वर्षिय दबासले आक्रमण र कुटपीटको प्रयास गर्नुभएको दावी गर्दै न्यायका लागि इनरुवा नगरपालिका, जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयमा उजुरी दिनुभएको छ । मेहताके पक्षमा विधालयका सबै शिक्षकहरुले एक्यवद्धता जनाउदै घटनाको विरोध गर्नुभएको छ । विद्यालयका प्रधानाध्यापक काशीराम चौधरीको समेत संल्गनतामा शिक्षक माथि अपमान र आक्रमण प्रयास भएको भन्दै शिक्षकहरु आन्दोलित बनेको उक्त विद्यालयका शिक्षक बुधेश्वर मेहताले जानकारी दिनुभयो । घटनाका बारेमा इनरुवा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत डिल्लीराज निरौलाले पक्षहरुलाई राखेर छलफल गर्ने प्रयासमा रहेको प्रतिकृया दिनुभयो ।

उता जिल्ला प्रहरी कार्यालय सुनसरीमा समेत पीडक खबास विरुद्ध निवेदन दिनुहुदै हदैसम्मको कार्वाही र शिक्षकहरुको शान्ती सुरक्षाका लागि वतवारण निर्माणको माग गरिएको पीडित शिक्षक असोश मेहताले जानकारी दिनुभयो । यता घटनाका बारेमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निर्मल सिंह खबासले विद्यालयको अनुशासन नमान्ने र समयको पालन नगर्ने शिक्षक मेहतालाई सचेत मात्रै गराएको प्रतिकृया हिनुहुदै कुनै कुटपीट र दुव्र्यवहार नगरेको दावी गर्नुभयो । त्यसैगरी विद्यालयका प्रधानाध्यापक काशीराम चौधरीले कुटपीटका घटनाका बारेमा आफूलाई थाहा नभएको प्रतिकृया दिनुभयो ।
१, सुनसरीको इनरुवा नगरपालिका ७ चान्दबेलाको नेपाल राष्टिय हरि माध्यमिक विद्यालयका शिक्षक असोक मेहतामाथि विद्यालयमै कुटपीटको प्रयास भएपछि आन्दोलनमा उत्रेका शिक्षकहरु नगरपालिकामा ।


२, उजुरीहरुको प्रतिलिपिहरु ।