झापा साउन ११ । झापा विर्तामोडको अतिथिसदन रोड निक्कै ब्यस्त रोड मध्येको एउटा रोड हो । त्यहि रोडको विचमा पर्ने गरि नालीको खाल्डो उधाङगै भएको धेरैले देख्नुभएको होला । सनिश्चरे रोडबाट अतिथिसदन रोड अधुवाखोला छेउमा यो प्वाल देख्न सकिन्छ । खाल्डो निक्कै ठुलैनै छ । यो खाल्डोले साईकल, बाईक मात्र हैन चार चक्के गाडीलाई समेत दुर्घट्ना निम्त्याउने देखिन्छ । एउटा सानो बाँसलाई ठाडो पारेर खत्राको संकेत देखाए जस्तो गरिएता पनि त्यस्ले खतरा टहल्ने हैन तत्काललाई मर्मत नगर्ने बहाना टहल्ने जस्तो देखिन्छ । जावो एउटा ब्यस्त सडकको प्वाल टाल्न नसक्ने स्थानिय सरकारले विकासको काम कसरी गर्दै होला यसबाटै अनुमान लगाउन सकिन्छ । देशकै प्रमुख जिल्लाहरु मध्ये झापा जिल्ला पनि पर्छ । झापाकै मुटु हो विर्तामोड, यस क्षेत्रमै यस्तो समस्या महिनौ सम्म रहन्छ भने अन्य स्थानको अवस्था के होला ! अनुमान लगाउनुहोस् ।
सम्भावित दुर्घट्नाबाट बच्न र बचाउन तत्कालै स्थानिय निकायको ध्यान यस तर्फ जाहोस ईहाम्रो नेपाल संवन्धित निकायको ध्यानाकर्षण गराउदछ ।