सुनसरी सदरमुकाम इनरुवामा इनरुवा ईग्लिस बाल क्लब गठन भएको छ। बालबालिकाहरूको भेलाले अक्षता पाण्डेको अध्यक्षतामा इनरुवा ईग्लिस बाल क्लव २१ सदस्य समिति गठन भएको हो। इनरुवा ईग्लिस बाेर्डिगं स्कुलमा भएको भेलाबाट गठन भएको बाल क्लब उपाध्यक्षमा विवेक मेहता, सचिवमा देवानन्द कर्ण, सहसचिवमा बेविका उराँव र कोषाध्यक्षमा प्रगति पोखरेल चयन हुनुभएको छ।

त्यसैगरी सदस्यहरूमा स्वास्तिका मेहता, समृद्धि बस्नेत, स्वाहान आलम, सिल्न्या राई, नवीन मण्डल, नोहित अख्तर, मिलन यादव, आयान खान, ओबान्सु मेहता, निश्चल मण्डल, आकृति तिवारी, कृति भट्टराई, सलिना र ऋषिका पोखरेल, साबिया सामा, आयुष यादव चयन भएका छन्। बाल क्लबले बालअधिकारको संरक्षण र हितमा काम गर्ने महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा इनरुवाकी सरस्वती पोखरेलले जानकारी दिनुभयो । बाल क्लब गठन कार्यक्रममा विद्यालयका प्रिन्सिपल शिशिरकुमार दत्त , पत्रकार जयकृष्ण यादव सहायक प्रिन्सिपल हेमन्त शर्मा र शिक्षक ब्रहमदेव यादव लगायतका शिक्षकहरूको उपस्थित रहेको थियो।

विद्यालयका कक्षा ६ देखि ९ सम्मका बालबालिकाहरूको उपस्थिति रहेको भेला आयोजक समिति इनरुवाले जनाएको छ। स्थानीय बालमैत्री स्थानीय शासन सूचक अन्तर्गत बाल क्लब गठन भएको जनाएको छ। यस अघि पनि विभिन्न विद्यालय र वडामा बाल क्लब गठन गरिएको इनरुवा नगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख दिपा दाहाल पोखरेलले जानकारी दिनुभयो।