इनरुवा, बैशाख २६ गते । सुनसरीको इनरुवा नगरपालिका ३ सखुवागाछीमा माता तिर्थ औसीको अवसरमा जेष्ठ नागरिक आमाहरु सम्मानित हुनुभएको छ । माता सम्मान दिवश तथा मातातीर्थ र्औसीको अवसरमा फिरन्ते समूह इनरुवा ३ ले ५० बढी आमालाई सम्मान गरेको हो । फिरन्ते समूहले आमा स्व.चन्द्रकला पाठकका छोरा भूभराज पाठक(राम) र आमा स्व. शान्ती गुरुगं भण्डारीको छोरी मायरा भण्डारीको सहयोगमा सम्मान गरेको जनाएको छ । सबै आमाहरु धर्तीमा जन्माएर संसार देखाउनुभएकोले उहाँहरुको सम्मान गर्नुपर्ने हिन्दु संस्कार रहेको भन्दै आफूहरुले ५० बढी आमालाई सम्मान गरेको समूहका राजेन्द्र पोखरेलले जानकारी दिनुभयो । पोखरेलका अनुसार समुदायका अग्रज जेष्ठ नागरिक आमाहरुलाई साडी सहितको कपडा र फलफुल सहितले सम्मान गरिएको हो ।

आमाको स्मृतिमा सामूहिक आमा सम्मान तथा मुख हेर्ने कार्यक्रममा आमाहरुलाई सम्मान सहित खुसी पार्ने प्रयास गरेको समूहका अध्यक्ष इन्द्र सुवेदीले जानकारी दिनुभयो । कार्यक्रममा गोमा पोखरेल, लक्ष्मी भुजेल, तारा पोखरेल, सिता आचार्य, राधा आचार्य, डम्बरकुमारी सुवेदी, बुलन्ती मण्डल, यसोदा अधिकारी, पुण्यकुमारी पोखरेल, चन्द्रकला भट्टराई सहितका ५० जनाबढी ज्येष्ठ आमाहरुलाई सम्मान गरेको समूहका चन्द्रप्रसाद रिजालले जानकारी दिनुभयो । सम्मानित आमाहरुलाई अथिति भुपाल तिम्सिना, अधिवक्ता रमेश तिम्सिना, पत्रकार राजेन्द्र पोखरेल, राजन निरौला, सरिता कार्की, विनिता दाहाल, सुधा तिम्सिना सहितले सम्मान गर्नुभएको थियो । समूहले ज्येष्ठ नागरिक आमाहरुलाई सारी हस्तान्तरण तथा फलफुल भोजन गराइएको जनाएको छ ।
मातातीर्थ औंसीको अवसर पारेर ज्येष्ठ आमा सम्मान कार्यक्रम गरिएको आयोजक समूहका अध्यक्ष इन्द्र सुवेदीले जानकारी दिनुभयो । वत्ताहरुले आफ्ना आमाबाबुलाई घरमैं माया तथा सम्मान साथ राख्नुपर्नेमा जोड दिनुभएको थियो । कार्यक्रममा बोल्दै वत्ताहरुले जेष्ठ नागरीकहरुको भरणपोषणको जिम्मा राज्यले लिनुपर्ने, ज्येष्ठ नागरीकहरुको सम्मानगर्दै समाज रुपान्तरणको अभियानमा सबै जुट्नुपर्नेमा जोड दिएका थिए ।

१, सुनसरीको इनरुवा नगरपालिका वडा नम्बर ३ सखुवागाछीमा ज्येष्ठ आमाहरुलाई सम्मान गर्दै ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा