इनरुवाको प्रत्येक विद्यालयमा बाल क्लव
जयकृष्ण यादव । इनरुवा
इनरुवा, बैशाख २७ गते ।
सुनसरीको इनरुवा नगरपालिकाले सबै वडामा बाल क्लव गठन गर्ने अभियान जारी राखेको छ । इनरुवा नगरपालिका महिला,बालबालिका तथा जेष्ठ नागरिक शाखाको अगुवाईमा सबै वडामा बाल क्लव गठनको अभियान चलाएको हो । वडा, विद्यालय तथा गाउँटोलमा बाल क्लब गठन गर्दा १० वर्ष देखि १८ वर्ष उमेरसमूहका बालबालिकालाई समेट्दै आएको छ । समुदायमा गठन भएका बाल क्लवलाई समुदायमा आधारित बाल क्लव, विद्यालयमा गठन भएको बाल क्लवलाई विद्यालयमा आधारित, टोल, बस्ती, वडा भित्र बाल क्लव गठन गर्ने काम जारी राखेको शाखाकी सरस्वती ढुगांनाले जानकारी दिनुभयो । विहीबार मात्रै इनरुवा नगरपालिका वडा नम्बर–२ मा रहेको पारिजाल पब्लिक स्कूल र इनरुवा ३ को आवर इगिंल बोर्डिग स्कूलमा विद्यालय स्तरीय बाल क्लव गठन गरिएको छ ।
पारीजात बाल क्लव आम्बिका यादवको अध्यक्षतामा २५ सदस्य रहेको बाल क्लव गठन गरिएको छ ।
क्लवको उपाध्यक्षमा रोहित साह, सचिवमा सुमित पंडित, सहसचिवमा एनजी राना मगर र कोषाध्यक्षमा नजिम आलम चयन भएका छन । त्यसैगरी सदस्यहरुमा सिद्धान्त यादव, जेनिसा चौधरी, अजय शर्मा, आरती मेहता, सनिषा चौधरी, सृजना मण्डल, अनुष उराँव, उमर फारुक, उषा सुतिहार इसा उराँव, लक्ष्मी खत्वे चयन भएका छन । त्यस्तै सदस्यहरुमै मनिष मेहता, प्रिन्स पंडित, निरज उराँव, विवेक मेहता, आषिश साह, नितेश यादव, इक्राम अली, अस्फाक आलम, अजय साह लगायतका चयन भएका संरक्षण शिक्षक इन्द्र बहादुर खड्काले जानकारी दिनुभयो । बालबालिकाका क्षेत्रमा भएका समस्या आफैँले पहिचान र समाधान गर्न सकुन भन्ने उद्देश्यसहित वडावडामा र विद्यालयहरुमा बाल क्लव गठन गर्न सुरु गरिएको ढुगांनाले जानकारी दिनुभयो । नगरपालिका कार्यालयले हरेक वर्ष बाल क्लव गठन गर्दै आएको छ । यसरी गठन भएका बाल क्लवहरुले समन्वय गरेर बालबालिकाको क्षेत्रमा कार्यक्रम गर्न सक्ने बताइएको छ । विद्यालय, गाउँ तथा टोल स्तरीय बाल क्लव गठन गरिसके पछि वडाभरीका प्रत्येक टोल टोलमा बालबालिकाको क्षेत्रमा बाल क्लवहरुले नेतृत्व गर्ने जानकारी दिएको छ । बाल क्लव गठन अभिायनको नेतृत्व ढुगानाले नै गरिरहनुभएको छ ।
उता सेन्टमेरिज स्कूलमा केशव साहको अध्यक्षतामा २३ सदस्य सेन्टमेरिज बाल क्लव गठन गरिएको छ । क्लवको उपाध्यक्षमा रेनु साह, सचिवमा नारगिस खान, सहसचिवमा शोभा कुमारी यादव, कोषाध्यक्षमा प्रत्युस देव चयन भएका छन । त्यसैगरी सदस्यहरुमा समिक्षा मेहता, आयुष मेहता, निकी साह, कृष्ण साह, युदुषी मेहता, सकिब आलम, स्नेता साह, तुलसी साह, विराट साह, अमन यादव, जिवन यादव,सुजित यादव, भुमिका पंडित र पन साह चयन भएका छन ।
त्यसैगरी कोशी पब्लिक एकेडेमी स्कूलमा विशाल उराँवको अध्यक्षतामा २३ सदस्य कोशी पब्लिक बाल क्लव गठन गरिएको छ । क्लवको उपाध्यक्षमा अंकिता यादव, सचिवमा रोनक मेहता, सहसचिवमा नेहारिका अख्तर, कोषाध्यक्षमा आकृति मेहता चयन भएका छन ।
ढुगांनाका अनुसार यसअघि आवल इग्लिस बोर्डिग स्कूल, सेन्टमेरिज स्कूल, इनरुवा स्कूल, कोशी पब्लीक एकेडेमी, बालमन्दिर मावि सहितका विद्यालयमा बाल क्लव गठन भएको छ ।














पारीजात स्कूलमा आम्बिका यादवको अध्यक्षतामा २५ सदस्य रहेको बाल क्लव गठन गरिएको छ ।
क्लवको उपाध्यक्षमा रोहित साह, सचिवमा सुमित पंडित, सहसचिवमा एनजी राना मगर र कोषाध्यक्षमा नजिम आलम चयन भएका छन । त्यसैगरी सदस्यहरुमा सिद्धान्त यादव, जेनिसा चौधरी, अजय शर्मा, आरती मेहता, सनिषा चौधरी, सृजना मण्डल, अनुष उराँव, उमर फारुक, उषा सुतिहार इसा उराँव, लक्ष्मी खत्वे चयन भएका छन । त्यस्तै सदस्यहरुमै मनिष मेहता, प्रिन्स पंडित, निरज उराँव, विवेक मेहता, आषिश साह, नितेश यादव, इक्राम अली, अस्फाक आलम, अजय साह लगायतका चयन भएका संरक्षण शिक्षक इन्द्र बहादुर खड्काले जानकारी दिनुभयो । बालबालिकाका क्षेत्रमा भएका समस्या आफैँले पहिचान र समाधान गर्न सकुन भन्ने उद्देश्यसहित वडावडामा र विद्यालयहरुमा बाल क्लव गठन गर्न सुरु गरिएको ढुगांनाले जानकारी दिनुभयो । नगरपालिका कार्यालयले हरेक वर्ष बाल क्लव गठन गर्दै आएको छ । यसरी गठन भएका बाल क्लवहरुले समन्वय गरेर बालबालिकाको क्षेत्रमा कार्यक्रम गर्न सक्ने बताइएको छ ।


विद्यालय, गाउँ तथा टोल स्तरीय बाल क्लव गठन गरिसके पछि वडाभरीका प्रत्येक टोल टोलमा बालबालिकाको क्षेत्रमा बाल क्लवहरुले नेतृत्व गर्ने जानकारी दिएको छ । बाल क्लव गठन अभिायनको नेतृत्व ढुगानाले नै गरिरहनुभएको छ । ढुगांनाका अनुसार यसअघि आवल इग्लिस बोर्डिग स्कूल, सेन्टमेरिज स्कूल, इनरुवा स्कूल, कोशी पब्लीक एकेडेमी, बालमन्दिर मावि सहितका विद्यालयमा बाल क्लव गठन भएको छ ।
