जयकृष्ण यादव । इनरुवा
इनरुवा, बैशाख २३ गते । इनरुवा नगर शैक्षिक सुधार अभियानले इनरुवा नगरपलिकाका प्रमुख केदार भण्डारीलाई ध्यानाकर्षण पत्र बुझाएको छ । नगर प्रमुख भण्डारीलाई अभियानका संयोजक दिलिपचन साहु नेतृत्वको अभिभावक तथा अभियानकर्मीहरुले ध्यानाकर्षण पत्र बुझाएको हो ।
इनरुवा नगरपालिकाका ३० सामुदायिक विद्यालय र ४५ बढी नीति विद्यालयको शिक्षा सुधारको माग गर्दै ध्यानाकर्षण पत्र बुझाएको साहुले जानकारी दिनुभयो ।


साहुले ध्यानाकर्षण गराएको वुदाहरुमा विगतमा बुझाएको ज्ञापन पत्र , माग पत्र र सुझाव पत्रको पूर्ण कार्यान्वयन गर्नुपर्ने, कक्षा ८ को गैरकानुनी चार वटा विषयको ग्रेड वृद्धि परीक्षाको विषयमा छानविन गर्नुपर्ने, पाठ्पुस्तक समयमा वितरण नगर्ने विद्यालयलाई कार्वाहीको दायरामा ल्याउनुपर्ने, खाजामा भईरहेको अनियमितताको विषयमा छानविन गरि कार्वाही गर्नुपर्ने, खाजाका लागि आएको बजेट शिक्षक र समितिलाई थाहा नदिनेले त्यसमा पारदर्शिता ल्याउनुपर्ने माग गरिएको जानकारी दिनुभएको छ । त्यसैगरी सामुदायिक विद्यलायका विधार्थीको श्रमशोषण (सरसफाइमा लगाउने तर सावुन, गलोव नदिने, गाली गलौज गर्ने ), सरस्वती मावि बबियामा समयानुकुलको आवश्यक भएको लेखा विषय हटाउने र बेकामे विषय लगाएर विधार्थी अभिभावकलाई मारमा पार्ने काम बन्द गर्नुपर्ने समेत माग गरिएको छ । उक्त पत्रमा विदामा रहेको शिक्षकलाई कागजमा काज देखाउने र केहीले घर तथा पढ्न गएको, साथीलाई भेट्न गएको शिक्षकलाई काज देखाएकोले लगबुकको व्यवस्था गर्नुपर्ने , बिना वार्षिक कार्य योजना शैक्षिकसत्रलाई मज्जाक बनाएको तथा कतै धेरै शिक्षक त कतै विषयगत शिक्षक अभाव रहेको, कतै शिक्षक नेता हावी भएकोले सबैलाई व्यवस्थित गर्नुपर्ने सुझाव दिएको छ ।
यहाँका कतिपय विद्यलायमा असमान घण्टी वितरण भएको, प्रधानाध्यापक र शिक्षकको विचमा तालमेल नमिलेको र कतै तालमेल मिल्दा सरकारी सम्पत्तिको दुरुपयोग गर्ने र भ्रष्टाचार गर्ने गरेको उदाहरण रहेकाले छानविन गर्नुपर्ने समेत माग उठाएको छ । विद्यालयलाई पान, खैनी, चुरोट, गुठखा मुक्त बनाई विधालयमा बालमैत्री वतवरण बनाउनुपर्ने, बाहिर निजी स्कूल कजेलमा पढाउने तथा सरकारी स्कुलमा आएर आराम गर्ने प्रवृत्ति हावि भएको, एउटै विधालय उहीँ कक्षामा फरकफरक भाषामा पढाइ भएको ( पैसा तिर्नेले अंग्रेजीमा र नतिर्नेलाई नेपालीको माध्यममा) यो विभेदकारी कार्य बन्द गर्नुपर्ने सुझाव दिएको छ । केही ठाउँमा बालबालिकालाई आएको खाजा आफै प्रअ वा शिक्षकको हैसियतमा गैरकानुनी रुपमा खाएको गुनासो रहेकाले यसमा सुधार गर्नुपर्ने तथा जनप्रतिनिधि, कर्मचारी र विव्यसकै छोराछोरी सामुदायिक विधालयमा नपढाउने र अभिभावकले पट्कै चासो नराख्ने प्रवृत्ति रहेकाले अभिभावक शिक्षा तथा जागरणका कार्यक्रम नगरपादिकाले गर्नुपर्ने सुझाव ध्यानाकर्षण पत्र उल्लेख रहेको छ ।


सहभागीहरुले इनरुवा नगरपालिकाको शिक्षाको बेथितिमा सुधार, शैक्षिक गुणस्तरका बारेमा सार्थक र सकारात्मक प्रयासमा रहेको भएपनि राम्रो नपढाएको गुनासो गरेका थिए । यस्तै अभियानको क्रममा शिक्षाको सुधारका लागि सरकारी नीति, ऐन, कानुन र संविधानमा भएको व्यवस्थालाई मात्रै कार्यान्वयनको कुरा उठाएको सहभागी देवकृष्ण मेहताले बताउनुभयो । मेहताले पटक पटक बुझाएको ८ बुदे, १९ वुदे र ३९ बुदे मागहरुको सम्बोधनका लागि एक हस्ते समय सीमा सहितको ध्यानाकर्षण पत्र बुझाएको हो ।
इनरुवामा शिक्षा ऐन, कार्यविधि, विद्यालय अनुगमन, शिक्षकलाई पुरस्कार र दण्डको नीति कुनै पनि कार्यान्वयन भएको छैन् । त्यसैले नगरको शिक्षा विगत भन्दा पनि खस्कदै गएको सहभागीहरुले दावी गरेका थिए ।
हालै कक्षा ८ मा नीजि तथा सामुदायिकका गरि एक हजार ३३८ जना परीक्षार्थी मध्ये ६४९ जना मात्र उत्तीर्ण भएको यसको ज्वल्लन्त उदाहार भएको उल्लेख गरेको छ । नगरपालिकाभरका विद्यालयबाट कक्षा ८ को वार्षिक परीक्षामा सहभागी भएका परीक्षार्थीमध्ये उत्तीर्ण भएका भन्दा अनुतिर्ण बढी देखिएका छन् ।
नगरको सूचना अनुसार ११ वटा सामुदायिक विद्यालय र २६ वटा संस्थागत विधालय गरि ३७ विद्यालयका कुल एक हजार ३३८ जना परीक्षार्थी मध्ये ६४९ जना मात्र उत्तीर्ण भएका छन् ।


सामुदायिक तर्फ सरस्वती मावि बबियाबाट ८२ जना मध्ये १०, भगवती माविबाट ५७ जना मध्ये १६ जना, जनता मावि मधेशाबाट ७८ जना मध्ये ७ जना, शारदा मावि बलाहाबाट १६६ जना मध्ये ८४ जना, त्रिभुवन मावि डुम्राहामा ८६ जना मध्ये ४ जना, राजाजी माविमा २८ जना मध्ये १९ जना, बालमन्दिर माविबाट १०४ जना मध्ये २२ जना, श्री नेपाल राष्टिय हरि मावि चान्दबेलाबाट २७ जना मध्ये ३ जना, ज्ञानोदय आधारभुत विद्यलायबाट ३० जना मध्ये ५ जना, वीपी आवि इनरुवा ८ बाट १५ जना मध्ये १ जना, गणेश नेपाल राष्टिय आधारभुत विधालय गणेशपुरबाट ३४ जनामा एकै जनापनि उर्तिण भएन । यो सामुदायिक विद्यालय अन्तर्गत सञ्चालित कक्षा ८ को परीक्षामा ७०७ जना परीक्षार्थी मध्ये १७१ जना मात्र उत्तीर्ण भएका छन् । सामुदायिक विद्यालय तर्फ उत्तीर्ण भएका भन्दा अनुत्तीर्ण भएको संख्या धेरै अर्थात ५३६ रहेका छन् । समग्रमा सामुदायिक विद्यालय तर्फ उत्तीर्ण दर २४ प्रतिशत रहेका छन् ।
यो नतिजाका अधारमा विधालयहरुलाई सचेत गराउनुपर्ने, कार्वाही गर्नुपर्नेमा नगर परीक्षा समितिको बैठकले गैरकनुनी रुपमा बढीमा दुई विषयसम्ममा ग्रेड वृद्धि परीक्षा लिनुपर्नेमा चार विषयमा अनुतिर्ण भएका विद्यार्थीलाई ग्रेडवृद्धिका लागि मौका परीक्षा गराउने निर्णय गरेको भन्दे त्यसको भन्दा विडम्बना अरु के हुन सक्छ ? भन्दै स्थानीय अभियानकर्मीहरुले प्रश्न उठाएका छन् ।