जजन्युज। इनरुवा
आम जनता पार्टीको चौथो स्थापना दिवस मनाएको छ। पार्टीको सुनसरी जिल्ला अध्यक्ष रोहन साहको अध्यक्षता र पार्टीको कोशी प्रदेशका सह इन्चार्ज
जुरिलाल मोचीको प्रमुख आथितित्यतामा चौथो स्थापना दिवस मनाएको हो।

पार्टीको स्थापना दिवसमा सुनसरीको गढीमा गरेको मैनबत्ती बालेर
पार्टीको स्थापना दिवस मनाएको हो।

गढीमा भएको कार्यक्रममा सुनसरीको नेताहरूले पार्टीको स्थापनाको औचित्य र बिचारको बारेमा बोल्नु भएको थियो। कार्यक्रममा नेता केन्द्रीय सदस्य भानु कोइराला, नेत्र श्रेष्ठ, ममता चौधरी , गढी ५ का अध्यक्ष बिरेन्द्र कुमार साह, गढी ६ किसन साहु सहितको उपस्थिति रहेको थियो।


यसैबिच फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा सुनसरीको निर्वाचन क्षेत्र ३ बाट प्रत्यक्ष प्रत्यक्षतर्फको उम्मेदवारको रुपमा रोहन कुमार शाहको नाम सिफारिस गरेको पार्टीले जनाएको छ।