जयकृष्ण यादव। इनरुवा
इनरुवा, पुस १४ गते।  सुनसरीको इटहरी उपमहानगरपालिका–९ स्थित बीपी चोकमा आइतबार राती ज्वाइँको कुटपिटबाट सासूको मृत्यु भएको छ। भोजपुरबाट छोरी भेट्न आएकी ५६ वर्षीया पविमाया बयलकोटीको ज्वाइँको कुटपिटबाट मृत्यु भएको हो।  मोरङको बेलबारी नगरपालिका–६ बाहुनी घर भएका ४० वर्षीय गणेश शाहा गुप्ता र सासूबीच विवाद भएको थियो। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक केशव कुमार थेवेका अनुसार भोजपुरको दिङला नगरपालिका वडा नं.-०८ घर भएकी वर्षिया ५६ की पविमाया वयलकोटी उपचारको लागि  मोरङ बेलबारी नगरपालिका वडा नं.-७ घर भई जिल्ला सुनसरी इटहरी उप-महानगरपालिका वडा नं.-९ बिपी चोकमा डेरा गरी बस्ने निजकै छोरी ज्वाँईको कोठामा एक हप्ता देखी बस्दै आएकोमा पुस १३ गते २०:१५ बजेको समयमा हत्या गरेको छ।  मृतक पविमाया वयलकोटी र पिडक ज्वाई  ४० वर्ष वर्षिय गणेश साह गुप्ता बिच सामान्य घरयासी विवाद हुँदा गणेश साह गुप्ताले पानी तान्ने ट्युवेलको हेण्डलले सासु पविमायाको टाउकोमा प्रहार गर्दा घाइते भई उपचारको लागी विराट मेडिकल कलेज टिचिङ अस्पताल बुढीगंगा मोरङ पठाएकोमा उपचारको क्रममा मृत्यु भएको थेबेले जानकारी दिनुभयो। हत्याको आरोपित गुप्तालाइ इलाका प्रहरी कार्यालय इटहरीबाट प्रहरी टोलीले इटहरी उप-महानगरपालिका वडा नं.-९ विराटनगरबाट नियन्त्रणमा लिई  थप अनुसन्धान गर्ने कार्य भइरहेको उहाँले जानकारी दिनुभयो । मृतकको पोष्ट मार्टम गर्ने तयारी भएको छ।