नेपाली कम्युनिस्ट पार्टी सुनसरीले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको लागि प्रत्यक्षतर्फको चार ओटा निर्वाचन क्षेत्रको उमेदवारहरुको सिफारिस गरेको छ। पार्टी सुनसरी जिल्ला समितिले पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्ड सहित २३ जनाको नाम सिफारिस गरिएको जिल्ला संयोजक योगेन्द्र मण्डलले जानकारी दिनुभयो।

सुनसरीको निवार्चन क्षेत्र नं. १ बाट उमिता बराईली (रिमा), मुक्साहाङ्क मेन्याङचो (मुकेश),अशोक राई, फोक्साहाङ्ग सुब्बा (चोत्लुङ), सुर्यबहादुर भट्टराई,रेवतीरमण राइ, युवराज राई (अलौकिक) र शारदा खड्‌का, निवार्चन क्षेत्र नं. २ बाट रामकुमारी चौधरी (रोजिना), एकचन्द्र बराल (निर्मल),डम्मरू सुवेदी (हिमाल), गोविन्द प्रसाद निरौला,प्रविण दाहाल ,निवार्चन क्षेत्र नं. ३ केशव कुमार विष्ट, सन्तोष कुमार थारू (विश्व), भानु मैनाली, कमला दुलाल,दुर्गेस चौधरीको नाम सिफारिस गरेको छ। त्यसैगरी निवार्चन क्षेत्र नं. ४ बाट पार्टीको संयोजक पुष्पकमल दाहाल (प्रचण्ड), नेता मो. महफूज अन्सारी, पदम कुमार अधिकारी,कमल बहादुर कटुवाल र रोशन भट्टराईको नाम पार्टीको (कोशी) प्रदेश समिति र केन्द्रीय समितिमा पठाएको छ।