सुनसरी
२०८३ कार्तिक २५ गते । जेनजी आन्दोलनका क्रममा सुनसरीको झुम्का कारागारबाट फरार भएका लागुऔषध गाँजा मुद्दाका एक प्रतिवादीलाई प्रहरीले गिरफ्तार गरेको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी चन्द्र बहादुर खड्काका अनुसार गिरफ्तार पर्नेमा धनकुटाको सहिदभूमि गाउँपालिका–६ घर भई हाल सुनसरीको बराहक्षेत्र नगरपालिका–२ बस्दै आएका ३३ वर्षीय मनोज परियार रहेका छन्।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय महेन्द्रनगर सुनसरीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले गिरफ्तार गरेको हो।
उहाँलाई लागुऔषध गाँजा मुद्दामा सुनसरी जिल्ला अदालत इनरुवाको आदेशअनुसार पुर्पक्षका लागि कारागार चलान भएका थिए। उनी २०८२ साल माघ २४ गते भएको जेनजी आन्दोलनका क्रममा झुम्का कारागारबाट फरार भएका थिए।
कारागारबाट फरार भएपछि प्रहरीले उहांको खोजतलास गर्ने क्रममा बराहक्षेत्र नगरपालिका–२ चतरास्थित क्षेत्रमा फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
पक्राउ परेका परियारलाई आवश्यक कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय महेन्द्रनगर सुनसरीमा राखिएको प्रहरीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ।
जयकृष्ण यादव । सुनसरी