विज्ञापन बोर्डले कोकिल मिडिया, अनामनगर, काठमाडौंलाई दश हजार रुपैया जरिबाना
प्रेस विज्ञप्ति
विज्ञापन बोर्डले कोकिल मिडिया, अनामनगर, काठमाडौंलाई दश हजार रुपैया जरिबाना र २०८१ साल असार मसान्तसम्म उक्त एजेन्सीको विज्ञापन कारोवार रोक्का गर्ने निर्णय गरेको छ। नसर्ने रोग रोकथाम तथा नियन्त्रण सम्बन्धी विज्ञापन प्रसारण गर्न राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्र, टेकु, काठमाडौँसंग उक्त एजेन्सीलेमिति २०८०।०६।१२ मा गरेको सम्झौतामा उल्लेखित रकमभन्दा अत्यधिक सेवा शुल्क लिने गरि विज्ञापन प्रसारणको आदेश दिएको पाइएकोले उक्त जरिबाना गरिएको हो। उक्त एजेन्सीले केन्द्रसँग विज्ञापन प्रसारणवापतप्रति स्पट रु.१०६।६१ मा सम्झौता गरीएफएम रेडियोमा प्रति स्पटरु.११।११ माप्रसारण आदेश दिई प्रति स्पट रु.९८।५० अर्थात ९८६.५८ प्रतिशत सेवा शुल्क लिने तयारी गरेको पाइएपछि बोर्डले कारवाहीको निर्णय गरेको हो।
साथै कोकिल मिडिया, अनामनगरले ५२ वटा एफएम रेडियोबाट विज्ञापन प्रसारण गर्नु पर्नेमा २० वटा एफएम रेडियोमामात्रविज्ञापन प्रसारणको आदेश दिएको पाईएकोले बोर्डको २०८० साल माघ १९ गते बसेको बैठकले विज्ञापन (नियमन गर्ने) नियमावली २०७७(पहिलो संशोधनसमेत) को नियम ११ख को उपनियम (१)बमोजिम २०८१ साल असार मसान्तसम्म उक्त एजेन्सीको विज्ञापन कारोवार रोक्का राख्ने र सो अवधिसम्म उक्त एजेन्सीलाई विज्ञापन बोर्डमा सूचीकरण समेत नगर्ने निर्णय गरेको छ ।
कोकिल मिडिया, अनामनगर,विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ को दफा २६ बमोजिम बोर्डमा सूचीकरण नभएको, राष्ट्रिय स्वास्थ्यशिक्षा, सूचना तथा सञ्चार केन्द्र, टेकुबाट५२ वटा एफएम रेडियोमा विज्ञापन प्रसारण गर्नुपर्ने कार्यादेश पाएकोमा २० वटामामात्र प्रसारणको आदेश पठाई ३२ वटा रेडियोमा प्रसारण आदेशनै नदिएको र प्रसारणको आदेश दिएका एफएममा समेत अत्याधिक ९८६.५८ प्रतिशत सेवा शुल्क राखी कालोबजारी गरेको छानविनका क्रममा पाईएपछि उपरोक्त कारबाही गरिएको हो ।
साथै बोर्डले विज्ञापन(नियमन गर्ने) ऐन, २०७६को दफा २६, विज्ञापन(नियमन गर्ने) नियमावली, २०७७को नियम नियम ४क. र विज्ञापन उत्पादन, वितरण, प्रकाशन तथा प्रसारणसम्बन्धीआचारसंहिता,२०७९ को दफा १९को (क) र (ख) बमोजिम बोर्डमा सूचीकृतनै नभएको विज्ञापन एजेन्सी कोकिल मिडिया, अनामनगर, काठमाडौ तथा बोर्डमासूचीकृत नभएका ८ वटा एफएम रेडियोमा विज्ञापन प्रसारण गर्ने कार्यादेश दिएको पाइएकोले अब आईन्दा बोर्डमा सूचीकृत विज्ञापन एजेन्सी र सञ्चार माध्यमसंग मात्र विज्ञापन कारोवार गर्न गराउन विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ को दफा १५ ट बमोजिम राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्र, टेकु, काठमाडौलाई निर्देशन दिने निर्णय गरेको छ।
विज्ञापन (नियमन गर्ने) नियमावली, २०७७ (पहिलो संशोधन समेत) को नियम ६क. को उपनियम २र विज्ञापनउत्पादन, वितरण, प्रकाशन तथा प्रसारणसम्बन्धीआचारसंहिता, २०७९ को दफा २६मा रहेको सरकारीनिकायले विज्ञापन एजेन्सीमार्फत विज्ञापन प्रकाशन तथा प्रसारण गर्दा सञ्चार माध्यमले जारी गरेकोबिलको प्रतिलिपि सहित त्यस्तो एजेन्सीको सेवा शुल्क खुल्ने गरी सो एजेन्सीले जारी गरेको बिल बमोजिमभुक्तानी गर्नुपर्ने व्यवस्था विपरित राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्र, टेकु, काठमाडौँले कोकिलमिडिया, अनामनगर, काठमाडौँसँग मिति २०८०/०६/१२ मासम्झौता गरेको पाईएकोले विज्ञापन वापतको रकम भुक्तानी गर्दा सञ्चारमाध्यमको बिजकको प्रतिलिपि सहित एजेन्सीको कमिशन खुल्ने बिजककोआधारमा मात्र भुक्तानी गर्ने गराउने ब्यवस्था मिलाउन राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्र, टेकु, काठमाडौलाई निर्देशन दिने निर्णय समेत बोर्डले गरेको छ ।
बोर्ड बैठकले राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्र, टेकु, काठमाडौँ र कोकिल मिडिया, अनामनगर, काठमाडौँ बीच मिति २०८०/०६/१२ मा भएको सम्झौताको बुँदा नं ४ बमोजिम उक्त एजेन्सीले रेडियो सन्देश प्रसारणको कार्य सम्पन्न नगरेकोले सम्झौताको बुँदा नं ७ बमोजिमकोकिल मिडिया, अनामनगरलाई नियमानुसार कारबाही गर्न राष्ट्रिय स्वास्थ्य सूचना तथा सञ्चार केन्द्र, टेकु, काठमाडौलाई निर्देशन दिने निर्णय समेत गरेको छ।
कोकिल मिडियाले २०८० साल असोज १६ गते २० वटा एफएम रेडियोलाई ९ दिनमा दिनको १० स्पटका दरले ९० स्पट विज्ञापन प्रसारणका लागि आदेश पठाएको र उक्त आदेशमा सो विज्ञापन प्रसारण गरेवापत एक हजार रुपैया भुक्तानी गर्ने उल्लेख भएपछि एफएम रेडियोहरुको तर्फबाट बोर्डमा मिति २०८० साल असोज १८ गते उजुरी प्राप्त भएको थियो । उक्त उजुरी उपर छानविन गर्न बोर्डले २०८० असोज २३ गते तीन सदस्यीय छानविन समिति गठन गरी विस्तृत छानविन गरेको थियो। छानविनको क्रममा अत्याधिक सेवा शुल्क लिने, तोकिएका सबै सञ्चार माध्यममा विज्ञापन प्रसारण नगर्ने तथा नियमानुसार सूचीकृत भएका विज्ञापन एजेन्सी र सञ्चारमाध्यमसंग मात्र विज्ञापन कारोवार गर्नु पर्नेमा त्यसो गरेको नपाइएपछि कोकिल मिडिया, अनामनगर, काठमाडौंलाई कारवाही गरिएको हो।
बोर्डबाट उपरोक्त बमोजिम कारवाहीको निर्णय भएकोले २०८१ साल असार मसान्त सम्म कोकिल मिडियासंग कुनैपनि प्रकारको विज्ञापन कारोवार नगर्न नगराउनु हुन सबै विज्ञापनदाता तथा सञ्चार माध्यममा अनुरोध छ।
निशानराज गौतम
प्रमुख प्रशासकीय अधिकृत
एवं प्रवक्ता
विज्ञापन बोर्ड
मिति २०८० माघ २9 गते
