जयकृष्ण यादव । इनरुवा
इनरुवा, फागुन ५ गते । इनरुवा नगरपालिका ५ बलाहा स्थित नवयुग एकेडेमीले आफ्नो अभिभावक दिवश सम्पन्न गरेको छ । नवयुग एकेडेमीमा विधार्थीका अभिभावकहरुको उपस्थितीमा अभिभावक दिवस सम्पन्न गरेको हो । शनिवार विद्यालय प्रांगणमा एक विशेष कार्यक्रमका बीच अभिभावक दिवस समारोह सम्पन्न भएको हो । उक्त अवसरमा विद्यालयले आफ्ना अमूल्य सन्ततीलाई पढाउने अवसर दिएकामा अभिभावकहरुलाई ब्याच तथा खादा लगाई अभिनन्दन गरेको थियो भने अभिभावकहरुको विश्वास र अपेक्षा अनुरुप कार्य गर्ने प्रतिवद्धता व्यक्त गरिएको थियो ।
कार्यक्रममा विद्यालयका प्रिन्सिपल तुलसी प्रसाद नेपालले विद्यालयले उल्लेख्य प्रगती गरेको जानकारी गराउनुभयो । एकेडेमीका अध्यक्ष केदारप्रसाद न्यौपानले विधार्थीहरुको मनोवल उच्च पार्नका लागि बार्षिक रुपमा विभिन्न विधाका उत्कृष्ठ शिक्षक, कर्मचारी तथा विद्यार्थीहरुलाई पुरस्कृत गरिदै आएको बताउनुभयो ।
सम्पन्न अभिभावक दिवश कार्यक्रममा एकेडेमीका सल्लाहकार खेमराज पोखरेल, पोष्टकुमार नेपाल, गोविन्दप्रसाद पोखरेल, लेखनाथ पौलेल, दाताराम पोखरेल, शिवकुमार पोखरेल लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रम एकेडेमीका प्रबन्ध संचालक खगेन्द्र पोखरेलले एकेडेमीमा ९ सय ३९ जना विद्यार्थीहरु अध्ययनरत रहेको जानकारी गराउनुभएको थियो । विद्यालयमा ४० जना शिक्षक र स्विपर, चालक सहित २५ जना कर्मचारी कार्यरत रहेको संस्थाका प्रबन्धक खगेन्द्र पोखरेलले जानकारी दिनुभयो । दिवशमा सदस्यहरु अन्जनी कुमार न्यौपाने, केदार पौडेल, डम्बरुबल्लभ भण्डारी, धनराज भट्टराई, रीता आचार्य, भोजराज खानाल सहित सधारण र सेयर सदस्यहरुको उपस्गिथती रहेको थियो ।
नेपालले विद्यालयको शैक्षिक गुणस्तर,स्तरीय हेरचाह र अभिभावकीय ब्यवहार तथा स्वस्थकर खानपान एवं वातावरणका कारण विद्यालयप्रति विद्यार्थी र अभिभावकको आकर्षण बढ्दै गएको बताउनुभयो । उहाँले शैक्षिक प्रगतीका लागि विद्यालय र अभिभावकले हातेमालो गर्नुपर्ने आवश्यकता औल्याउनुभयो ।


अभिभावाकहरुले विद्यालयबाट अपेक्षा बढी गर्ने तर आफ्नो कमजोरी नदेख्ने कारण समस्या हुनेगरेको गुनासोलाई सम्बोधनका लागि पनि पटक पटक कार्यक्रम गर्दै आएको बताउनुभयो । विद्यालयमा पढ्न पठाएर मात्र नहुने भन्दै उहाँले आफ्ना बालबालिकाको संगत, उनीहरुको व्यवहार र चरित्र निर्माणमा समेत ध्यान दिन अभिभावकहरुलाई सुझाव दिनुभयो ।