आर्यघाटका लागि तीन कठ्ठा जग्गा दान
जयकृष्ण यादव । इनरुवा
इनरुवा, फागुन १० गते । सुनसरीको गढी गाउँपालिका ६ का कपिलेश्वर यादवले स्वर्गद्धारी आर्यघाट निर्माणका लागि तीन कठ्ठा जग्गा दान गर्नुभएको छ । स्थानीयहरुको निधन पछि दाहसंस्कार गर्ने उचित स्थानको अभाव रहेकोले त्यसलाई ध्यानमा राखेर समाजसेवी गढी गाउँपालिका ६ का यादवले स्वर्गद्धारी आर्यघाट निर्माणका लागि तीन कठ्ठा जग्गा दान गर्नुभएको हो । स्वर्गद्धारी आर्यघाट निर्माणका लागि तीन कठ्ठा जग्गा दान गर्नुभएकोले विहीबार स्वर्गद्धारी आर्यघाट समितिले घेराबेरा र प्रतिक्षालय सहित आर्यघाट निर्माण गर्न सिलान्यास गरिएको छ ।



कोशी प्रदेश सभा सदस्य रामदेव यादवले स्वर्गद्धारी आर्यघाटमा संरचना निर्माणका लागि सिलान्यास गर्र्नुभएको छ । सिलान्यास कार्यक्रममा गढी गाउँपालिकाका उपाध्यक्ष अनिताकुमारी साह, पूर्व उपाध्यक्ष राजकुमारी चौधरी, अग्रज तथा समाजसेवी विन्देश्वर यादव, पूर्व वडा अध्यक्ष बन्दुलाल सरबरिया, चितनारायण खेरबार, गढी ५ का वडा सचिव श्यामकुमार साह सहितको उपस्थिती रहेको थियो ।

त्यसैगरी स्वर्गद्धारी आर्यघाटका अध्यक्ष वीरेन्द्रकुमार साह, उपाध्यक्ष कामेश्वर खेरबार, सचिव तेतर साहु, सहसचिव प्रदिपकुमार साहु, कोषाध्यक्ष बन्दुलाल सरवरिया सहितको उपस्थिती रहेको थियो । त्यसैगरी सदस्यहरु प्रमानन्द साहु तेली, शिवनारायण साह, रामनारायण साहु, कप्लेश्वर यादव, रामेश्वर महतो, योगेन्द्र प्रसाद यादव, राजदेवी खेरबार, तारादेवी साहु तेली, पार्वती सरदार, रेखाकुमारी माझी, सुमिन्द्रा सुतिहार, गंगाकुमारी विश्वास सहितको उपस्थिती रहेको थियो ।













१, गढी गाउँपालिका ६ सतैरझोराको स्वर्गद्धारी आर्यघाट निर्माणका लागि आर्यघाट सिलान्यास कार्यक्रम ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा


