मन्दिर उद्घाटन
सुनसरी
२०८० फागुन ११ गते । सुनसरीको सीमावर्ती हरिनगर गाउँपालिका स्थित ईलाका प्रहरी कार्यालय हरिनगरको परिसरमा निर्माण गरिएको मन्दिर उद्घाटन गरिएको छ । प्रहरीको श्रम तथा दाताहरूको सहयोगमा ईलाका प्रहरी कार्यालय हरिनगरको परिसरमा नवनिर्मित भगवती मन्दिरको कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुबेर खापुङले समुद्वघाटन गर्नुभएको छ ।


शुक्रबार खापुङले मन्दिरको उद्घाटन गर्नुहुदै इमान्दारीपूर्वक सेवा र सुरक्षा गर्न प्रहरीलाई निर्देशन दिनुभयो । मन्दिर उद्घाटन कार्यक्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, हरिनगर गाउँपालिका अध्यक्ष गफार अंसारी, उपाध्यक्ष रिमझिम भगत सहितको उपस्थिती रहेको थियो ।
