विकासका नाममा ज्यादती, धम्की र मोलतोल भएको पीडितको दावी

इनरुवा, फागुन १३ गते । सुनसरीको हरिनगर गाउँपालिका २ रामनगरभुटाहामा विकासको नाममा सर्वसधारण माथि ज्यादती भएको गुनासो बाहिर आएको छ । विकासमा एक रुपता र समान रुपमा व्यवहार गर्नुपर्ने, नापी नक्सा अनुसारको काम गर्नुपर्नेमा अनाधिकृत रुपमा मन पर्नेको घरको छेउमा बागों र मन नपर्नेको घरमै सडक, नाला पसाएर स्थानीय सरकार र ठेक्केदारले सर्वसधारण माथि ज्यादती गरेको गुनासो बाहिर आएको हो ।

हरिनगर गाउँपालिका २ रामनगरभुटाहामा बाटोको नक्सामा भएको भन्दै फरक ठाउँमा नाला बनाउने र विकासको नाममा बाटो छेउँमा भएका सर्वसधारणको घरमा आस्था र पहुचको आधारमा डोजर लगाउने वा बाटो नै बागों बनाउने गरि ज्यादती भएको गुनासो बाहिर आएको छ ।

हरिनगर गाउँपालिका २ रामनगरभुटाहाकी मेहबुल खातुनको नाममा रहेको जग्गामा सहमतीमा बाटोका लागि केही फिट जग्गा दिएको भएपनि त्यसमा जोरजबरजस्ती गरेको र रेखदेख गर्ने बताउने स्थानीय दाउद अंसारीले केही सर्वसधारण माथि धाकधम्की दिदै घर जोगाउने हो भने रकम दिनुपर्ने भन्दै बार्गोनिग गरेको समेत गुनासो बाहिर आएको छ ।
पीडित मध्येका एक सज्जाद अंसारीले आफ्नो घरको उतर तर्फ खाली जग्गा र बाटो भएपनि आफ्नो घरमा नाला छिराएको दावी गर्नुभएको छ ।

अंसारीले विकासको नाममा समान व्यवहार गर्नुपर्नेमा हरिनगर गाउँपालिका २ रामनगरभुटाहाका दाउद अंसारीले घर बचाउने भए आफूसंग दुई लाख रुपियाँ मागेको र नदिने भएपछि घरमा जसरी डोजर लगाउने धम्की दिएको आरोप लगाउनुभएको छ । आफ्नो घर आफ्नै जग्गामा रहेको भएपनि पैसा नदिएकाले सात फीट घरभित्रै नाला छिराउने प्रयास गरेको दावी गर्नुभयो । उता आरोप लगाएको व्यक्ति दाउद अंसारीले भने भान्जा मामाको साईनो भएकाले केही कुरा भएको तर रकम माग्ने र धम्की दिने काम नगरेको प्रतिकृया दिनुभयो ।

यसैबीच हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अंसारीले मेहबुल खातुनको नाममा रहेको जग्गा १४ धुर मात्रै रहेको तर बाडो मिचेर संरचना बनाएकाले हटाउन मात्रै खोजेको प्रतिकृया दिनुभयो । पहिला सहमतीमा बाटोका लागि केही फिट देवैतर्फ दिने कुरा भएकोमा पछि जग्गाबालाहरुको कुरा नमिलेपछि नियमानुसार गरेको समेत दावी गर्नुभयो ।