शिक्षकलाई पदस्थापना नगराएपछि शिक्षक मेयरको कार्यकक्ष अगाडि दिन विताउदै
शिक्षा विकास तथा समन्वय इकाई सुनसरीले शिक्षक सेवा आयोगको आधारभुत तह निमावी परीक्षा पास भएका शिक्षकलाई नियुक्ती पत्र दिएर कार्यक्षेत्रमा पढाएको भएपनि स्थानीय तहले पदस्थापना नगराएको गुनासो बाहिर आएको छ । विद्यालय पठाउनुपर्नेमा इनरुवा नगरपालिकाले एक हप्तासम्म कार्यक्षेत्रमा नपठाएपछि आयोगबाट आएका स्थायी शिक्षक मेयरको कार्यकक्ष अगाडि दिन बिताउदै आएको देखिएको छ ।

फागुन ८ गते नै इकाई प्रमुख खगेन्द्र सुवेदीले आयोगबाट पास भएकाहरुलाई नियुक्ती पत्र दिएर पठाएको शिक्षकलाई पदस्थापना नगराएपछि तीन जना शिक्षक इनरुवाका मेयरको कार्यकक्ष अगाडि दिन विताउदै आएको देखिएको हो । इनरुवामा नेपाली विषयका एक जना र सामाजिक विषयका दुई जना गरि तीन जना शिक्षक आएको भएपनि विद्यालय नपठाएकाले अलपत्र हुनै नयाँ शिक्षकहरु मेयरको कार्यकक्ष अगाडि दिनभर बसेर घर फकर्ने गरेको एक शिक्षकले बताउनुभयो । सोमबार मात्रै कार्यकक्षमा पहिलो पटक मेयर केदार भण्डारीलाई भेट्नुभएका शिक्षकहरुले आफूहरुलाई विद्यालयमा हाजिरि हुन पठाउन भन्दा शिक्षा शाखासंग मसन्वय गर्न सुझाएको प्रतिकृया दिनुभयो । शिक्षा शाखामा भने फागुन ८ गते नै नियुक्ती पक्ष सहित पुग्दा मेयर आएपछि केही थाहा हुने बताएका थिए । यसरी शिक्षक भएर पनि त्यसै दिन विताउदै आएका शिक्षकलाई हाजिरि गराउन समेत हप्तौ लगाउने प्रवृतिले नगर शिक्षा प्रति उदासिन रहेको पुष्टी हुन्छ ।
