जयकृष्ण यादव । इनरुवा
इनरुवा, फागुन १५ गते । इनरुवा खानेपानी उपभोक्ता समितिको फागुन २८ गते निर्वाचन हुने भएको छ । इनरुवामा खानेपानीको व्यवस्थापन गर्न निर्माण भएको इनरुवा खानेपानी उपभोक्ता समितिको नयाँ नेतृत्वका लागि निर्वाचन गर्न लागिएको समितिले जानकारी दिएको छ । इनरुवामा खानेपानी उपभोक्ता समितिको चुनावमा दुई वटा प्यानल हुने देखिएको छ । खानेपानीमा पनि राजनीतिक रुपमै सरकार र प्रतिपक्षीको दुई गठबन्धनले समितिको चुनावमा दुई वटा छुट्टाछुट्टै प्यानल हुने देखिएको छ । इनरुवामा सत्ता गठनबन्धबाट नेपाली काग्रेंस, नेकपा माओवादी केन्द्र, लोसपा सहितको एउटा प्यानल र प्रतिपक्षमा रहेको नेकपा एमाले सहितको अर्को प्यानल गरि चुनावमा दुई वटा प्यानल हुने भएको छ ।
स्रोतका अनुसार १२५ मतदाता मध्ये नेपाली काग्रेंससंग ५२, नेकपा एमालेसंग ४७, जसपासंग १०, नेकपा माओवादी केन्द्रसंग ९, लोसपासंग ६, राप्रपासंग २, रास्वपासंग २, र नेकपा एससंग २ जना रहेका छन् । कुनै प्यानललाई जित्न कम्तीमा ६८ मत आवश्यक पर्छ । यहाँ खानेपानीको चुनावमा दुई वटा प्यानल हुने भएकाले चुनावी माहोल तात्ने देखिएको छ । यसैबीच गठबन्धनबाट विभिन्न वडाबाट निर्वाचित भएर आएका प्रतिनिधिहरुलाई मंगलबार स्वागत सम्मान गरेको छ । सम्मान कार्यक्रममा नेपाली काग्रेसका केन्द्रिय सदस्य राजिव कोईराला, जिल्ला सभापती केदार भण्डारी, नेपाली काग्रेंसका इनरुवा सभापती राजन मेहता, नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष तोया गिरी लोसपाका अध्यक्ष दिनेश मेहता, नेकपा एसका जिल्ला सचिब बसन्त सुवेदीले निर्वाचितहरुलाई अबिर र खादा लगाएर सम्मान गर्नुभएको थियो ।


उता सत्ता गठबन्धनबाट नेपाली काग्रेंसका इनरुवा सभापती राजन मेहता, नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष तोया गिरी, जसपा अध्यक्ष गोपाल यादव, लोसपा अध्यक्ष दिनेश मेहता, नेकपा एसका जिल्ला सचिब बसन्त सुवेदी सहितको बैठकले सबै मिलेर फागुन २८ गते निर्वाचनमा सहभागिता जनाउने निणर्य गरेको छ ।
उता समितिका लागि हुने मतदानमा मतदाताले खानेपानी महसुल कार्ड र परिचय खुल्ने नागरिकता वा नागरिकता नम्बर उल्लेख भएको कार्ड अनिवार्य लिएर आउनुपर्ने बताइएको छ । मतदान गर्नेको संयूक्त खानेपानी धारा हुनेले एक जनाले मात्र मतदान गर्न पाउने जनाएको जनाएको छ ।


१, खानेपानी उपभोक्ता समितिमा गठबन्धनबाट विभिन्न वडाबाट निर्वाचित भएर आएका प्रतिनिधिहरुलाई मंगलबार कागेंस पार्टी कार्यालयमा स्वागत सम्मान गर्दै ।