पोष्टकुमार नेपालको नातिनीलाई पूर्वप्रधानमन्त्रीको पनि आर्शिवाद
ईनरुवा, सुनसरी ।
नेकपा (एमाले), केन्द्रिय अनुशासन आयोगका सदस्य पोष्टकुमार नेपालको नातिनी श्रीनिधी नेपाललाई गुन्युचोलीको अवसरमा पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शुभ आर्शिवाद दिनुभएको छ ।




नेपालका छोरा सुबोध नेपाल र बुहारी निता नेपालको सुपुत्री श्रीनिधी नेपालको गुन्युचोली कार्यक्रममा उपस्थित भई बुधबार पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शुभ आर्शिवाद दिनुभएको हो ।

ओली आफै सहभागी भई आफ्नी छोरीलाई शुभकामना सहित शुभ आर्शिवाद दिएकोले परिवारका तर्फबाट धन्यदाव सहित आधार व्यक्त गरिएको सुवोध नेपालले जानकारी दिनुभयो ।








पोष्टकुमार नेपालले पनि नातिनिको शुभ गुन्युचोलो कार्यक्रम आदरणीय पार्टीका अध्यक्ष ओली, स्थायी कमिटि सदस्य, प्रदेश तथा प्रतिनिधि सभा सदस्य लगायत सम्पूर्ण मित्रजन, आफन्तजनको उपस्थितिमा सम्पन्न भएको भन्दै धन्यवाद दिनुभएको छ ।

नेपाललले फेसबुकमा सबै प्रति आभार र धन्यवाद दिनुभएको छ । इनरुवा ५ बलाहाबासीहरु पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको आगवन र श्रीनीधीलाई शुभ आर्शिवाद दिनुभएकामा स्थानीयहरु पनि उत्साहित र खुखी भएको थियो ।
