जयकृष्ण यादव । इनरुवा
इनरुवा, फागुन १९ गते । जिल्लाका आम उपभोक्ताको अधिकारको निम्ती उपभोक्ता मञ्च नेपाल सुनसरी शाखा गठन भएको छ । सुनसरीको इटहरीमा भएको मञ्चको भेलाले अत्रिवत्ता राजु ढकालको नेतृत्वमा उपभोक्ता मञ्च नेपाल सुनसरी शाखा गठन गरिएको हो । ढकालको अध्यक्षतामा गठन भएको उपभोक्ता मञ्च नेपाल सुनसरी शाखाकोे उपाध्यक्षमा जमुना गौतम पोखरेल, सचिवमा पर्शुराम दुलाल, सहसचिवमा जेके संपाग राई र कोषाध्यक्षमा राधिका दाहाल चयन हुनुभएको छ । त्यसैगरी सदयहरुमा जयकृष्ण यादव, अबइन्द्र निरौला, उमेश राई, बिमला लम्साल, किसोर कोईराला, सुनिलकुमार साह, सरिता कार्की, रियन्द्र प्रसाद गुरागाई रहनुभएको छ । सनिबार गठन भएको उपभोक्ता मन्चले जिल्लाका आम उपभोक्ताको अधिकारको निम्ती डेटेर लड्ने र उपभोग्य अधिकारलाई प्रत्याभुत गराउने जनाएको छ । समग्र उपभोक्ताको अधिकारको प्रत्याभुती हुने गरी काम गर्ने भूमिकामा मञ्च रहने जनाएको छ । समितिका सदस्य जयकृष्ण यादवले जिल्लाका सीमाका गाउँ देखी शहर सम्म छरिएर रहेका तमाम नागरिकको नैसर्गिक अधिकारलाई स्थापित गर्न हरशम्भव प्रयत्नशिल रहदै काम गर्न मञ्चको गठन गरेको बताउनुभयो । यादवले उपभोक्ता अधिकारको सवालमा सचेतना अभिवृद्धिका कार्यक्रम गर्नुका साथै स्वास्थ्य र स्वच्छ खाध्य अधिकारको सवालमा समेत कार्यक्रमहरु गर्ने बताउनुभयो ।

१, सुनसरीको इटहरीमा गठन भएको उपभोक्ता मञ्च नेपाल सुनसरी शाखाका पदाधिकारीहरु ।
तस्विर ः
आम उपभोक्ताको अधिकारको निम्ती