इनरुवा, फागुन १९ गते । सुनसरीको इनरुवामा सुरक्षामा खटिदै आएको सशस्त्र प्रहरी र नेपाल प्रहरीका लागि उत्प्रेरणा अभिवृद्धि कार्यक्रम गरिएको छ । जिल्ला सुरक्षा समिति सुनसरीको आयोजनमा उत्प्रेरणा अभिवृद्धि कार्यक्रम सम्पन्न गरिएको हो । नेपाल प्रहरी र सशस्त्र प्रहरीका अधिकृतदेखी जुनियर कर्मचारीसम्मलाई दैनिक जीवनमा सुखी र खुसी हुदै सेवा प्रवाह गर्न प्रेरित गर्ने उदेश्यका साथ उत्प्रेरणा अभिवृद्धि कार्यक्रम गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जानकारी दिनुभयो ।

आर्चायका अनुसार जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक बिपिन रेग्मी,सशस्त्र प्रहरी बल नेपाल ४ नम्बर गण हेड्क्वाटर ईनरुवा सशस्त्र प्रहरी उपरीक्षक समेनन्द बज्रचार्य, जिल्ला प्रहरी कार्यालय सुनसरी मातहत युनिट ईन्चार्जहरु लगायत बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु समेत गरी १८० जनाको उपस्थितिमा उत्प्रेरणा अभिवृद्धि कार्यक्रम सम्पन्न गरिएको थियो ।