इनरुवा, फागुन २४ गते । सुनसरीको इनरुवा नगरपालिकाका विपन्न महिलालाई स्यानेटरी प्याड वितरण गरेर अन्तराष्ट्रिय महिला दिवश मनाएको छ । इनरुवाको हाम्रो सहयात्रा मञ्चको आयोजनामा ११४ औं अन्तराष्ट्रिय महिला दिवशको अवसरमा समुदायस्तरका महिलाहरुका लागि सेनिटरीय प्याड वितरण तथा महिला स्वास्थ्य प्रजनन शिक्षा सचेतना कार्यक्रम गरिएको हो ।

मञ्चका अध्यक्ष विनिता दाहालको अध्यक्षतामा इनरुवा ३ का ५० घरपरिबारका महिलाहरुलाई सेनिटरीय प्याड वितरण गरिएको जनाएको छ । सेनिटरीय प्याड वितरणसगैं समुदायका महिलाहरुलाई महिला अधिकार सहित महिला स्वास्थ्य, प्रजनन शिक्षाका बारेमा बीएन नरसिंह अपेक्षा भट्टले सचेतनामुलक प्रशिक्षण दिनुभएको थियो ।

सेनिटरीय प्याड वितरण कार्यक्रममा संस्थाका उपाध्यक्ष रितु कोईराला, सहसचिव रिता साह र सदस्य शोभा श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो । उता दिवशको अवसरमा विभिन्न स्थानीय तहमा महिलाहरुमा लगानी सभ्य र समुन्नत समाजको थालनी मुल नाराका साथ कार्यक्रम गरिएको छ ।