इनरुवा, फागुन २५ गते । सामुदायीक मेलमिलाप केन्द्र र अदालतहरुमा आवश्यक पर्ने मेलमिलापकर्तालाई तालिम दिनसक्ने २३ जना प्रशिक्षक उत्पादन भएको छ । समुदाय र अदालतमा रहेका मेलमिलाप हुनसक्ने मुद्धाहरुमा मेलमिलाप गराउन सक्ने मेलमिलापकर्तालाई नै तालिम दिन सक्ने २३ जनालाई मेलमिलाप सम्बन्धी आठ दिवशीय प्रशिक्षक प्रशिक्षण तालिम दिएको हो । मेलमिलाप परीषदले कोशी प्रदेशका विभिन्न जिल्लाका अधिवक्ता, समाजसेवी, शिक्षक र पत्रकार समेतलाई समावेस गरेर मेलमिलाप सम्बन्धी आठ दिवशीय प्रशिक्षक प्रशिक्षण तालिम दिएको जनाएको छ ।


मेलमिलाप सम्बन्धी आठ दिवशीय प्रशिक्षक प्रशिक्षण तालिममा बरिष्ठ अधिवत्ता एवम् मेलमिलाप परिषदका प्रमुख प्रशिक्षक सुनिता रेग्मी पोखरेल, प्रशिक्षक डा.कुमार शर्मा आचार्य सहितले प्रशिक्षण दिनुभएको थियो । परिषदका अध्यक्ष एवम् सर्बोच्च अदालतका बरिष्ठतम न्यायधिश ईश्वरप्रसाद खतिवडाले उद्घाटन गर्नुभएको तालिममा मोरगं, सुनसरी, भोजपुर, उद्यपुर, धनकुटा सहितका मेलमिलाप सम्बन्धी आठ दिवशीय प्रशिक्षक प्रशिक्षण तालिम दिएको परिषदले जनाएको छ ।


तामिलमा उच्च अदालत विराटनगरका मुख्य न्यायधिश रमेशप्रसाद राजभण्डारी, न्यायधिश विपुलेन्द्र न्यौपाने सहितकाले मेलमिलाप सम्बन्धी आठ दिवशीय प्रशिक्षक प्रशिक्षण तालिमले स्थानीय तह र अदालतमा समेत आवश्यक पर्ने मेलमिलापकर्ता उत्पादन गर्न योगदान गर्ने बताउनुभयो ।
मुख्यन्याधिश राजभण्डारीले स्थानीयस्तरका विवाद स्थानीय स्तरमै समाधान गराउने उद्देश्यले स्थानीय तहमा मेलमिलाप केन्द्र स्थापना भएको र अदालतमा समेत मेलमिलाप केन्द्र रहेकाले मुद्धाका पक्षहरुलाई मेलमिलाप गर्न सहजहुने गरि मेलमिलापकर्तालाई तालिम दिनसकनेहरु प्रशिक्षण दिएको बताउनुभयो । गाउँमा स्थापना भएका मेलमिलाप केन्द्रहरुको महत्वपूर्ण भूमिका हुने भएकाले मेलमिलाप केन्द्रबाट निष्पक्ष रुपमा विवाद छिनोफानो हुने समेत अपेक्षा गर्नुभयो ।


प्रमुख प्रशिक्षक बरिष्ठ अधिवक्ता पोखरेलले मेलमिलाप केन्द्रको महत्व र फाईदाका बारेमा आफ्ना भनाई राख्दै तालिममा सिकेका ज्ञानलाई व्यवहारमा उतार्न सुझाव दिनुभयो । गाउँमा देखिने विवादहरुको समाधानमा यसले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा राख्दै निष्पक्ष ढंगबाट विवाद समाधान गर्न मेलमिलाकर्ताको तालिम दिनसक्ने प्रशिक्षक भएर जान सहभागिहरुलाई सुझाव दिनुभयो । तालिममा बिवाद÷द्धन्दको अवधारणा र विस्तार, बिवाद समाधानका उपायहरु, मेलमिलाप पद्धतीको प्रयोग, अन्र्तराष्ट्रिय सन्दर्भमा मेलमिलाप पद्धतीको प्रयोग, मेलमिलाप सम्बन्धी नेपालमा प्रचलित कानुनि ब्यवस्था, वार्ताका आधारभुत नियमहरु र मेलमिलाप सन्दर्भमा नियमहरुको सान्दर्भिकता, मेलमिलापमा सुनाई सिप र प्रश्न गर्ने कलाको प्रयोग, मेलमिलापमा सञ्चार र सहजीकरण सिपको प्रयोग लगायतका बिषयमा छलफल र शहजीकरण गरेका थिए ।

१, मेलमिलाप सम्बन्धी आठ दिवशीय प्रशिक्षक प्रशिक्षण तालिममा सहभागि प्रशिक्षकहरुलाई प्रमाण पत्र प्रदान गर्दै ।

तस्विर ः जयकृष्ण यादव । इनरुवा