बुढयौली साहित्य समाजमा पोखरेल
इनरुवा, जेठ ५ गते । सुनसरीको इनरुवामा साहित्यकारहरुको भेलाले बुढयौली साहित्य समाज गठन भएको छ । बुढयौली साहित्य समाज श्रीप्रसाद पोखरेलको अध्यक्षतामा ९ सदस्य समिति गठन भएको हो । समाजको उपाध्यक्ष राधा सुवेदी, सचिवमा रमेन्द्र कोईराला, सहसचिवमा शकुन्तला मञ्जरी र कोषाध्यक्षमा द्धारिका प्रसाद पोखरेल चयन भएका छन् । समाजको सदस्यहरुमा वीपी कोईराला, रामानन्द मण्डल, लिलानाथ सिलवाल, शुक्रराज कुवर, झोटन मेहता चयन भएका छन् । समाजमा रहेका पाको उमेरका साहित्यकार तथा स्थानीयहरुलाई साहित्यको माध्यमबाट एकिकृत गर्ने अध्यक्ष पोखरेलले जानकारी दिनुभयो ।
