सुनसरीको हरिनगर गाउँपालिकाबाट साउदी अरबको मक्कामदिना हज गर्न जाने हज यात्रीलाई विदाई तथा सम्मान गरिएको छ । यस बर्ष हरिनगरबाट ४५ जना हज यात्रामा जानेहरुलाई मक्का मदिना जानुअघि विदाई सम्मान गरेको हरिनगर १ का वडा अध्यक्ष प्रविण गुप्ताले जानकारी दिनुभएको छ ।
गुप्ताका अनुसार यहाँबाटा हज यात्रामा जानेहरुलाइ सनिबार भुटाहामा विदाई तथा सम्मान गरिएको छ । हज यात्रीलाई गम्छा, टोपी तथा खादाले सम्मान र विदाई गरिएको हो । पडा अध्यक्ष गुप्ता सहित हाजिहरुले उहाँहरुलाइ सम्मान गर्नुभयो । कार्यक्रममा बोल्दै वत्ताहरुले हज यात्रा महङ्गो भएको भन्दै त्यसलाई घटाउन सरकारसंग आग्रह गर्नुभयो ।

हजमा जानेहरुलाई हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अंसारीले शुभयात्रा सहित सफल हजको कामना गर्नुभयो । उहाँले हजले जोड्ने र इमान्दारीता समेत सिकाउने भएकाले सोही अनुसारको पुण्य प्राप्तको शुभकामना दिनुभयो ।