अबैध लागू औषध गाँजा सहित कार्की पक्राउ
जयकृष्ण यादव । इनरुवा
इनरुवा, बैशाख २९ गते । सुनसरीको धरान उप–महानगरपालिका वडा नंम्बर ८ स्थित बुढासुब्बा वर्कसपमा अवैध लागु औषध गाजाँ सहित एक जनालाई पक्राउ गरिएको छ । प्रहरीले कानून बमोजिम बुढासुब्बा वर्कसपमा तलासी लिंदा बा.१० च. ६८३८ नम्बरको स्कारपियो गाडी शंकास्पद अवस्थामा देखिएको र अवैध लागु औषध गाजाँ सहित एक जनालाई पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक नवीनकृष्ण भण्डारीका अनुसार विशेष सूचनाको आधारमा शुक्रबार राती ७ बजेको समयमा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको संयुक्त टोलीले अवैध लागु औषध गाजाँ सहित एक जनालाई पक्राउ गरिएको हो । धरान ८ स्थित बुढासुब्बा वर्कसपमा स्कारपियो गाडी शंकास्पद अवस्थामा रहेको देखिएको र चेकजाँच गर्दा उक्त गाडी भित्र कालो प्लाष्टिकले वेरेर राखिएको अवस्थामा ३१३ के.जी. अवैध लागू औषध गाँजा फेला परेको थियो । कानून बमोजिम गाँजा बरामद गरी गाडी सहित धरान उपमहानगरपालिका वडा नं. १५ का २८ वर्षिय आशिष कार्कीलाई नियन्त्रणमा लिएको भण्डारीले जानकारी दिनुभयो । उहाँले अवैध गाँजा र गाडी सहित इलाका प्रहरी कार्यालय धरानमा लगी थप अनुसन्धान कार्य भईरहेको जानकारी दिनुभयो ।


१, इलाका प्रहरी कार्यालय धरान सुनसरीले गाँजा बरामद गरीएको गाडी सहित धरान उपमहानगरपालिका वडा नं. १५ का २८ वर्षिय आशिष कार्कीलाई नियन्त्रणमा लिई सार्वजनिक गर्दै ।
