सितल कुमार यादव । इनरुवा
इनरुवा, जेठ ५ गते । सुनसरीको सदरमुकाम इनरुवामा ‘सिर्जनामा इनरुवा साहित्यिक कार्यक्रम’ को ३१ औं शृङ्खला सम्पन्न भएको छ । इनरुवाका साहित्यकार र कविहरुको रचना, विचार र कला प्रस्तुत गर्ने थलोको रुपमा रहेको ‘सिर्जनामा इनरुवा साहित्यिक कार्यक्रम’ को ३१ औं शृङ्खला साहित्यको रचना बाचन गरि सम्पन्न भएको हो । कार्यक्रममा इनरुवा नगर क्षेत्रसहित विराटनगर, सुन्दर हरैचा, हेटौडा, भोक्राहा नरसिंह, रामधुनी, धरान र इटहरी उपमहानगरपालिकाका साहित्यकार तथा कलाकारहरुको उपस्थिति थियो । सहित्यकारहरुले विभिन्न कविता, मुक्तक तथा रचना लघु कथा बाचन गर्नुभएको थियो ।

लीलानाथ सिलवालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा साहित्यकार रमेश मोहन अधिकारी प्रमुख अथिति रहनुभएको थियो । कार्यक्रममा जिवनाथ पोखरेल, जनार्दन खनाल, भवानी पोखरेल, डम्बरु बल्लभ भण्डारी, शिवनारायण पंडित, श्रीप्रसाद पोखरेल, विष्णु दाहाल, यशोदा आचार्य, सागर तिम्सिना, अर्जुन दाहाल, शकुन्तला मञ्जरी द्धारिका प्रसाद पोखरेल,वीपी कोईराला, रामानन्द मण्डल, लिलानाथ सिलवाल, शुक्रराज कुवर, झोटन मेहता चयन, वीपी कोईराला, जागेश्वर यादव सहितको रचना बाचन गर्नुभयो । त्यसैगरी फडिन्द्र भट्टराई , युवराज दाहाल, राधा सुवेदी, रमेन्द्र कोइराला, क्षितिज श्रेणी, इटहरीका श्रीप्रसाद पोखरेल, विधार्थी सितल कुमार यादव, रन्जना मेहता, दिपक विहारी, भिम उराँव, लक्ष्मी उराँव, सकुन्तला मन्जरी, रङ्गलाल भटराई ,गायक झोटन मेहता, द्धारीका प्रसाद पोखरेल सहितका दुई दर्जन बढीले रचना बाचन गर्नुभएको थियो ।

कार्यक्रममा लगायतकाले आ आफ्नो रचना बाचन गर्नुभएको थियो । यहाँका श्रष्टाहरुले गीत, गजल, कविता र लघुनाटक प्रस्तुत सहित ३१ औं श्रृङ्खला इनरुवाको भगवती माध्यामिक विद्यालयमा सम्पन्न भएको थियो ।