देवराजा यादव । इनरुवा
इनरुवा, बैशाख ३१ गते । सुनसरीको इनरुवा नगरपालिकामा बालविवाह न्युनिकरण सम्बन्धी विद्यालयका बालकालिकाहरुका लागि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । इनरुवा नगरपालिका कार्यपालिकाको आयोजनामा इनरुवा वडा नम्बर ६ को जनता माध्यमिक विद्यालय र इनरुवा ७ को चान्दबेला स्थित नेपाल राष्टिय हरि माविका विद्यार्थी तथा शिक्षकहरुका लागि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो । अगामी २०८३ सम्ममा नगरलाई बालमैत्री र बालविावह मुक्त नगर बनाउने उदेश्यका साथ विद्यालय र बालकालिकाहरुलाई लक्ष्ति गरेर अभिमुखिकरण कार्यक्रम गरेको प्रमुख प्रशासकिय अधिकृत डिल्लीराज निरौलाले जानकारी दिनुभयो ।


बालविवाह भनेको केहो ?, बाल विवाह सम्बन्धी कानुनी व्यवस्था, बालविवाह गर्दा कस्तो असर पर्छ ?, यसको न्युनिकरणका लागी विद्यार्थी, अभिभावक तथा शिक्षकको भुमिका कस्तो हुन्छ ? भन्ने विषयमा प्रशिक्षक जयकृष्ण यादवले प्रशिक्षण दिनुभएको थियो ।
वत्ताहरु मध्ये प्रधानाध्यापक काशीराम चौधरीले पछिल्लो समयमा प्रविधिको दुरुपयोगले पनि बालविवाह हुने गरेकोले यस प्रकारको अभिमुखिकरणले बालविवाह न्युनिकरणमा योग्दान पुग्ने बताउनुभयो । चौधरीले फेसबुक, टुइट्र जस्ता सामाजिक संजालको दुरुपयोगले बालविवाह हुने गरेको बाल अधिकारको क्षेत्रमा सबै सचेत हुनुपर्नेमा जोड दिनुभयो ।
अर्का वत्ता इनरुवा ६ का वडा सदस्य उतम कार्कीले बढ्दो प्रविधिको प्रयोग, सामाजिक संजालको सहि रुपमा सदुपयोग नगर्दा गाउँदेखी सहरक्षेत्रहरुमा पछि भागी प्रेम बालविवाहले विकराल रुप लिदै गएको बताउनुभयो । उहाँले सबै सरोकारबालाहरु सहित अभिभावकहरुले समयमै बालबालिकाहरु आफ्नो निरागरानीमा राख्न नसक्दा, अनुशासनको पालनमा ध्यान नसदाँ बाल विवाह भएको सुनिदै आएकाले त्यसमा रोक्न र न्युनिकरण लाग्नुपर्नेमा जोड दिनुभयो ।
इनरुवा नगरपालिका कार्यपालिका सदस्य सविना सुवेदीले अभिभावक, बालकालिकाहरुमा जनचेताको अभावले गर्दा बाल विवाह हुने गरेकाले त्यसलाई ध्यानमा राखेर विद्यालयहरुमा बालविवाह न्युनिकरण सम्बन्धी जनचेतना मुलक कार्यक्रमको आयोजना गरेको बताउनुभयो ।
यस्तै जनता माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष कमल कार्कीले गाउँमा दाइजो प्रथाका कारणले र रुडिबादी संस्कारले बालविवाह हुने गरेकोले यसप्रकारका कार्यक्रमहरुले न्युनिकरण गर्न सक्ने बताउनुभयो ।
गाउँमा दाइजो लेनदेनको कारण छोरीलाई छिट्टै बिहे गरिदिने चलनले पनि बालविवाह हुने गरेकाले त्यसमा सचेतना र कानुनको पूर्ण कार्यान्वयन आवश्यक रहेको बताउनुभयो ।


अर्का कार्यपालिका सदस्य योगेन्द्र शर्माले अशिक्षा, गरिबी, परम्परागत चलन, चेतनाको अभावका कारण पनि बालविवाह हुने गरेकाले त्यसलाई ध्यानमा राखेर न्युनिकरणका लागि कार्यक्रम संचालन गरेको बताउनुभयो ।
पछिल्लो समयमा उमेर नपुग्दै युवायुवतीहरूले भागेर विवाह गर्ने चलन बढ्दो छ । यता बालविवाह न्युनिकरणको लागि पहल प्रयास जारी रहेको महिला, बालवालिका तथा जेष्ट नागरिक शाखा इनरुवाले जनाएको जनाएको छ । कार्यक्रममा कार्यापालिका सदस्यहरु रन्जु पौडेल, धिरा सरदार, रम्भु सरदार, भलनझनी चौधरी, विनोद अटल, योगेन्द्र शर्मा, जनता माविका प्रअ बलराम चौधरी सहितको उपस्थिती रहेको थियो ।


१, इनरुवा नगरपालिका कार्यपालिकाको आयोजनामा इनरुवा वडा नम्बर ६ को जनता माध्यमिक विद्यालयमा भएको बालविवाह न्युनिकरण सम्बन्धी कार्यक्रमका सहभागी र अथितिहरु ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा