थारु तथा ऋषिदेव टोलमा बाल क्लव
इनरुवा, जेठ १ गते । बालविवाह र श्रमको जोखिममा रहेको सुनसरीको इनरुवा नगरपालिका वडा नम्बर ९ को थारु तथा ऋषिदेव टोलमा पहिलो पटक बाल क्लव गठन गरिएको छ । गाउँका बालबालिकाहरुको भेलाले कृतिका चौधरीको अध्यक्षतामा सतैर बाल क्लव गठन गरेको छ । इनरुवा ९ थारु टोल, ऋषिदेव टोल र सरदार टोलका ४५ बढी बालबालिकाहरुले इनरुवा नगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा सतैर बाल क्लव गठन गरेको हो । सतैर बाल क्लव गठनको भेलाबाट उपाध्यक्षमा दुखन ऋषिदेव, सचिवमा पूर्णिमा सरदार , सहसचिवमा मनिका चौधरी र कोषाध्यक्षमा पर्वत ऋषिदेव चयन हुनुभएको जनाएको छ ।






बाल क्लवका सदस्यहरुमा शिशिर चौधरी, प्रतीक चौधरि, विशाल ऋषिदेव, राज ऋषिदेव, अन्सु चौधरी, सन्धया चौधरी, अभिषेक सरदार, रम्भा ऋषिदेव, नाईसा चौधरी र नागेश ऋषिदेव चयन भएको छ । क्लबलाई समन्वय र सहयोग गर्ने संरक्षकको रुपमा रेनुका चौधरी रहनुभएको छ । बाल क्लव गठनको सहजिकरण जयकृष्ण यादव र विनिता ठाकुरले गर्नुभएको थियो । यस अघि केही विद्यालय सहित गाउँमा बबिया बाल क्लब गठन भईसकेको छ । इनरुवा नगरपालिका २०८३ सम्ममा बालमैत्री नगर बनाउने भएकाले त्यसलाई सार्थक पार्न बाल क्लव गठन कार्यलाई प्राथमिकतामा राखेको शाखाका सरस्वती ढुगांनाले जानकारी दिनुभयो ।








१, इनरुवा नगरपालिका वडा नम्बर ९ थारु टोल, ऋषिदेव टोल र सरदार टोलका ४५ बढी बालबालिकाहरुको भेलाले गठन भएको सतैर बाल क्लवका पदापधिकारीहरु ।
तस्विर ः
