महा शिवरात्रीको अवसरमा भोक्राहा जलेश्वर शिव मन्दिर द्वरा कलश यात्रा
सुरेन्द्र कुशवाहा
भोक्राहा । महा शिव रात्री पर्वको अवसरमा भोक्राहा जलेश्वर शिव मन्दिर द्वारा शोभा कलश यात्रा सम्पन्न गरिएको छ ।
जलेश्वर शिव मन्दीरको प्राङ्गण बाट बिहान ९ बजे निकालिएको कलश यात्रा निकालिएको हो।
प्रत्येक बर्षझै यस पनि महाशिवरात्रीको अवसरमा कलश यात्रा निकालिएका हुन।









कलश यात्रा जलेश्वर शिव मन्दिर मुल समिति र हिन्दु सम्राट सेनाको सहयोगमा निकालिएको मन्दिर समितिका अध्यक्ष सुनिल गुप्ताले जानकारी दिए।
कलश यात्रामा हिन्दु सम्राट सेना भोक्राहा नरसिंह ,सुनसरीले कलश यात्रीहरुलाई सर्वतपानीको व्यवस्थापन गरेर सहयोग गरेका थिए ।


कलश यात्रामा ३ सय ५० भन्दा बढी शिव भक्तहरुको उपस्थिति रहेका थिए । भने शिक मन्दिरमा महा शिव रात्री पर्वकै अवसरमा मन्दिरमा किर्तन भजनको समेत हुने मन्दिर समितिका सचिव शीत कुमार मेहताले बताए हुन।
