इनरुवा, फागुन २६ गते । कोरोनाकालबाट निषकृय बनेको सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका १ को श्री सिंहबाहिनी रामधुनी सामुदायिक वन उपभोक्ता समूह सकृय भएको छ । केही वर्षदेखी निषकृय रहेको वन समूहले सातौं बार्षिक साधारणसभा तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ ।


सिंहबाहिनी रामधुनी सामुदायिक वन उपभोक्ता समूहको आफ्नै प्राङ्गणमा गत आर्थिक वर्षको आय व्यय र प्रगती विवरण सार्वजनिक गर्दै सातौं बार्षिक साधारणसभा तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको हो । सिंहबाहिनी सामुदायिक वन उपभोक्ता समूहले आफ्ना सधारण सदस्यहरुको उपस्थितीमा साधारणसभा तथा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको समूहका सचिव उमेश मेहताले जानकारी दिनुभयो । सधारण सभा कार्यक्रममा भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष लक्ष्मण मेहता, पूर्व वडा अध्यक्ष ललित थापा सहित बुद्धिजीवीहरु र सदस्यहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा प्रमुख अथिति रामधुनी वन डिभिजन कार्यालयका प्रमुख सुरेन्द्रकुमार कार्की रहनुभएको थियो । कार्कीले वन मानवको जिवनसंग जोडिएकोले यसलाई संरक्षण र उपयोग गर्न जान्नुपर्ने बताउनुभयो । उहाँले समूहका सदस्यहरुको बीचमा समन्वय भएर वनको संरक्षण जती राम्रो गर्न सके त्यती नै उपयोग गर्न पाउने भएकाले त्यस तर्फ ध्यान दिन आग्रह गर्नुभएको थियो ।


१, भोक्राहा नरसिंह गाउँपालिका १ को श्री सिंहबाहिनी रामधुनी सामुदायिक वन उपभोक्ता समूहको सातौं बार्षिक साधारणसभा तथा सार्वजनिक सुनुवाई कार्यक्रमका अथितिहरु ।
तस्विर ः