इनरुवा, फागुन २६ गते । सुनसरीको इनरुवामा नेपाली सांगींतिक जगतका धरोहर भजन शिरोमणी भक्तराज आचार्यको स्मृतिमा काव्यिक श्रद्धाञ्जली सभा गरिएको छ । महानन्द स्मृति साहित्य प्रतिष्ठान इनरुवाको आयोजनामा भजन शिरोमणी भक्तराज आचार्यको स्मृतिमा काव्यिक श्रद्धाञ्जली सभा गरिएको हो ।

सभा इनरुवाका साहित्यकारहरुको उपस्थिती रहेको र साहत्यि तथा रचना बाचन सहित भजन शिरोमणी भक्तराज आचार्यको स्मृतिमा काव्यिक श्रद्धाञ्जली अर्पण गरिएको जनाएको छ । सभा प्रतिगठानका अध्यक्ष छविनाथ रिजालको अध्यक्षता र कार्यक्रम संयोजक किशोर कोईरालाको सञ्चालनमा सम्पन्न भएको थियो ।


साहित्य कार्यक्रममा उधोग बाणिज्य संघ इनरुवाका अध्यक्ष वीरेन्द्र कुमार साह, गायक झोटन मेहता, प्रकाश अनुराग, राजन निरौला, छवी बैरागी, शशि बजगाई, मन्जु अधिकारी, विमना पोखरेल, सागर तिम्सिना, प्रियान्सी पोखरेल, कान्ता भट्टराई, इनरुवाका पूर्व उपप्रमुख जमुना गौतम पोखरेल, हाम्रो सहयात्रा मञ्चकी अध्यक्ष बिनिता दाहाल सहितका ४० बढीले रचना बाचन गर्नुभएको थियो ।