हरिनगर गाउँपालिका भरी कफर्यु आदेश जारी
इनरुवा, चैत २३ गते । सुनसरीको सीमावर्ती हरिनगर गाउँपालिका भरी कफर्यु आदेश जारी गरेको छ । विहीबार भएको एक युवा माथिको सामूहिक आक्रमणको विषयलाई लिएर शुक्रबार विहानैबाट भएको विरोध पर्दशनलाई ध्यानमा राखेर सुनसरीका का.मु. प्रमुख जिल्ला अधिकारी वेदराज फुयालले निषेधित क्षेत्र घोषणा गरेको हो । फुयालले शुक्रवार मध्यान १२ बजेदेखी अनिश्चित कालिन कर्फ्यू लगाइएको जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालय सुनसरीले शुक्रबार मध्यान १२ बजेटबाट तोकिएको क्षेत्रमा आवतजावत गर्न, भेला हुन तथा कुनै पनि खालका क्रियाकलाप गर्न नपाउने गरी स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (क) बमोजिक कर्फयु आदेश जारी गरेको हो । चैत २२ गते विहीबार हरिनगर गाउँपालिका ३ का जिवन मेहता माथि भएको आक्रमण र त्यसपछिको असहज झडपको अवस्थालाई ध्यानमा राखेर शुक्रबार मध्यानबाट अनिश्चितकालिन कफ्र्यु जारी गरिएको कामु प्रमुख जिल्ला अधिकारी वेदराज फुयालले जानकारी गराउनुभएको छ । फुयालका अनुसार हरिनगर गाउँपालिकाको १ देखी ७ नम्बर वडासम्म सबै र देवानगञ्ज गाउँपालिका १ मध्हर्साही र देवानगञ्ज गाउँपालिका ७ राजगंज सिनुवारी सीमाक्षेत्र भित्र कफ्र्यु आदेश जारी गरिएको हो।
कफ्र्यु आदेश विपरीत भए गरिएको पाइएमा सुरक्षाकर्मीले आवश्यकता अनुसार बल प्रयोग गरी कारबाही समेत गर्न सकिने कामु प्रजिअ फुयालले जानकारी दिनुभयो ।
विहीबार मुस्लिम युवाहरुको आक्रमणमा घाईते भएका हरिनगर गाउँपालिका ३ का जिवन मेहताको धरान स्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भईहरेको छ । उपचारमा संलग्न डाक्टरहरुका अनुसार मेहताको अवस्था खतरामुक्त रहेको छ ।
मुस्लिमहरुको ज्यादती भन्दै स्थानीय हिन्दु समुदायका स्थानीयहरुले न्यायको माग गर्दै शान्तीपूर्ण पर्दशन गरेका थिए । त्यसको विरुद्ध फेरी मुस्लिमहरुले पनि अर्को तर्फ पर्दशनमा उत्रेकाले विवाद चर्कने र झडप हुने अवस्था भएको थियो । त्यसलाई नियन्त्रणमा लिन छ सेल अश्रु ग्यास प्रहार गरेको थियो । नेपाल यादव सेवा समिति सुनसरीका महासचिव मनोजकुमार यादवले एक विज्ञप्ती जारी गर्नुहुदै सुनसरीको सीमावर्ती हरिनगर गाउँपालिकामा २०८० चैत २२ गते विहान ११ बजेको समयमा भएका हरिनगर गाउँपालिका १ रामनगर भुटाहा बजारमा एक युवा माथि भएको आक्रमण प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । हरिनगर ३ का जिवन मेहतामाथि भएको सामूहिक आक्रमणको घटनाले समग्र शान्तीसुरक्षामाथि ठाडो चुनौती र कानुनलाई हातमा लिएर गरेको अमानवीय व्यवहार तथा घटनाले समुदायका बीचमा रहेको आपसी सदभाव, भाईचारा र एकतालाई खलल पार्ने देखिएकाले यसमा सरकारको गम्भिर ध्याकार्षण गराउदै घटनाको सुक्षम छानविन गरि दोषीलाई कार्वाहीको दायरामा ल्याउनुपर्ने माग गर्नुभएको छ । यादवद्धारा जारी विज्ञप्तीमा आक्रमणबाट घाईते भई धरान स्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत्त जीवन मेहताको स्वास्थ्य लाभको कामना समेत गर्नुभएको छ ।
१, सुनसरीको हरिनगर गाउँपालिका १ भुटाहामा भएको पर्दशनको दृष्य ।



२, सुनसरीका का.मु. प्रमुख जिल्ला अधिकारी वेदराज फुयालले जारी गर्नुभएको निषेधित क्षेत्र घोषणाको पत्र ।

तस्विर ः जयकृष्ण यादव । इनरुवा
