इनरुवा, चैत २४ गते । सुनसरीका विभिन्न राजनीतिक दलहरुले सामूहिक रुपमा अपिल जारी गर्दै आन्दोलनरत सबै पक्षलाई आफ्ना सवै प्रकारका आन्दोलनका कार्यक्रमहरु फिर्ता लिई शान्तिपूर्ण, मर्यादित र हिंसारहित उपाय अवलम्वन गर्न आग्रह गरेको छ । तीनदिनदेखी भईरहेको घटनाक्रमको छानविन गरी दोषिलाई कारवाही गर्न आग्रह गर्दै सुरक्षा निकाय एवं सम्बन्धित सबै पक्षलाई संयमित रहन सम्पूर्ण राजनितिक दल तथा सम्वद्ध पक्षहरुले अपिल गरेको हो ।
सनिबार नेपाली काङग्रेस सुनसरीका सभापति केदार भण्डारी, जनता समाजवादी पार्टीका अध्यक्ष भगिरथ खत्वे, नेकपा माओवादी केन्द्रका अध्यक्ष योगेन्द्र मण्डल, नेकपा एसका अध्यक्ष गोविन्द निरौला, राष्टिय स्वतन्त्र पार्टीका सागर दाहाल, नेकपा एमालेका रुद्रबहादुर बस्नेत सहितले संयुक्त अपिल जारी गर्नुहुदै नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विविधतायुक्त मुलुक भएको हुँदा सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भा वलाई संरक्षण एवं प्रवर्धन गर्दै, वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक तथा लैंगिकजस्ता पक्षहरुको सम्मान र संरक्षण गर्ने राज्यको दायित्व र संकल्प भएको र सोहीअनुसार राज्य संचालन हुँदै आएको व्यहोरा हामी सबैमा विदितै छ भन्दै संयमित हुन आग्रह गरिएको छ ।
संयुक्त अपिलमा भनिएको छ, “जिल्लाका केही स्थानमा विभिन्न किसिमका घटनाहरु घट्न गई जिल्लाको समग्र शान्ति सुरक्षामा चुनौती थपिएको अवस्था छ । यसै सन्दर्भमा जिल्लाका केहि स्थानमा कर्फ्यू समेत जारी भएको व्यहोरा सम्पूर्णमा जानकारीनै छ । तर यस घटनाका बारेमा बिभिन्न सामाजिक सञ्जालहरुमा भ्रामक किसिमका धार्मिक, साँस्कृतिक तथा जातीय तथा सामाजिक सद्भावमा खलल पुर्याउिने किसिमका अभिव्यक्ति तथा सामाग्रीहरु सामाजिक सञ्जालहरुमा पोष्ट गरेको पाइएकोले यस प्रकारका गतिविधिहरु नगर्न÷नगराउन अनुरोध गरिन्छ ।”
त्यसैगरी संयुक्त अपिलमा भनिएको छ, “ मिश्रित बसोबास रहेको हाम्रो नेपाली समाज एकआपसमा आपसी भाइचारा कायम गरी बस्दै आएकोमा पछिल्लो घटनाक्रमलाई लिएर केही अराजक तत्वले सामाजिक सद्भा व बिथोल्न खोजेको प्रति हामी सवै राजनितिक दलको खेद व्यक्त गर्दछौ । सबै धर्म एवं सम्प्रदायबीच आपसी एकता, सद्भाोव कायम राख्नो महान कार्यमा जुट्न र हाल घटेको घटनाको सत्य तथ्य छनाबीन गरी दोषीलाई कारवाहि तथा घाइतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछौं । साथै आन्दोलनरत सबै पक्षलाई आफ्ना सवै प्रकारका आन्दोलनका कार्यक्रमहरु फिर्ता लिई शान्तिपूर्ण, मर्यादित र हिंसारहित उपाय अवलम्वन गर्न छानविन गरी दोषिलाई कारवाही गर्न आग्रह गर्दै सुरक्षा निकाय एवं सम्बन्धित सबै पक्षलाई संयमित रहन हामि सम्पूर्ण राजनितिक दल तथा सम्वद्ध पक्षहरु हार्दिक अपिल गर्दछौं ।”
उक्त संयुक्त अपिलमा कोशी प्रदेश सभा सदस्य रामदेव यादव, हाजी इसराईल मंसुरी, सदानन्द मण्डल, जिल्ला समन्वय समिति प्रमुख राजन मेहता, कोशी गाउँपालिकाका अध्यक्ष ऐयुव अंसारी, हरिनगरका अध्यक्ष गफार अंसारी, देवानगञ्जका अध्यक्ष बेचन प्रसाद मेहता,उपाध्यक्ष कुमारी विभा यादव, भोक्राहा नरसिंहका अध्यक्ष अजमल अख्खतर अंसारी, राप्रपाका विनोद सुवेदी, नकपा मालेका डिल्लीराम भण्डारी, राजपाका डम्बरबहादुर घिमिरे समेत हस्ताक्षर गर्नुभएको छ । जारी अपिल प्रति नागरिकको भने मिश्रित प्रकृया रहेको छ ।


१, सुनसरीका दलहरुले जारी गरेको संयुक्त अपिल ।