सुकुम्बासी परिवारको घरमा डोजर, पीडित खुल्ला आकाशमुनी
इनरुवा, चैत २४ गते । सुनसरीको गढी गाउँपालिका ६ सतैरझोरा हातिमुडामा दुई सुकुम्बासीको घरमा एलानी जग्गा नजिकै जग्गा रहेका एक जना जग्गाबालाले अदालतको आदेश भन्दै डोजर लगाएर भत्काई दिएको छ । एलानी जग्गामा घर भएका गढी गाउँपालिका ६ सतैरझोरा हातिमुडा नीवासी ५० वर्षिय विष्णु उराँव र सोही ठाउँका ४० वर्षिय अन्नतला उराँवको घरमा डोजर लगाएर भत्काएकाले एक हप्तादेखी पीडितहरु खुल्ला आकाशमुनी बस्न बाध्य भएका छन् ।

घरमा डोजर लगाएर भत्याएकाले विष्णु उराँवका पन्ती, छोरी सहित पाँच जना र अन्नतला उराँवको पत्नी छोरा सहित ३ जना गरि आठ जना चैत १७ गतेदेखी अर्थात एक हप्तादेखी सोही ठाउँमा खुल्ला आकाशमुनी बस्न बाध्य भएका स्थानीय सुरेन्द्र उराँवले जानकारी दिनुभयो । सनिबार चैत २४ गते विष्णु उराँव र अन्नतला उराँवको घरमा डोजर लगाउनेलाई कार्वाही, क्षतीपुर्ती र बासोबासको ग्यारेण्टीको माग गर्दै सयौं संख्यामा स्थानीयहरु पर्दशन गरेका छन् । गढी गाउँपालिका ६ र देवानगञ्ज गाउँपापिलका ७ जोड्ने बाटोको २१० फीट चौडाई एलानीमा रहेको बसोबास रहेको उराँवदोयको घर भत्काएकाले आफूहरुलाई दुख लागेको भन्दै स्थानीयले विरोध पर्दशन गरेका हुन । छिमेकीको हप्तादिनदेखी खुल्ला आकाशमुनीको बास हेरेर सोही ठाउँमा पुनरबासको माग र क्षतीपुर्तीको माग गर्दै पर्दशनमा उत्रेको स्थानीय रामु उराँवले बताउनुभयो ।









उहाँले आफूहरु माथि अन्याय भए सडक आन्दोलन गर्न बाध्य हुने चेतवानी दिनुभयो । उहाँले भन्नुभयो, “सडकको एलानी जग्गा खोज्ने र खाली गर्ने काम स्थानीय सरकारको हो तर हरिनगर गाउँपालिका ३ गौतमपुर घर बनाउने रामचन्द्र महेताले आफ्नो जग्गाको अगाडीको एलानी आफ्नो भन्दै प्रहरीको बल र डोजर लगाएर भत्काई दिएको छ, यसको हामी विरोध गर्छौ । ” बस्न बाध्य भएको पीडित छन् ।
नेपालको संविधान २०७२ को मौलिक हकमा र आवाशको अधिकार समब्नधी ऐन २०७५ मा समेत आवाशको अधिकारको ग्यारेण्टी गरेको भएपनि उराँव दोयको घरमा प्रहरीको बल र डोजर लगाएर भत्काईदिएको घटनाको पूर्व सतैरझोरा गाविस अध्यक्ष कुशेश्वर खेरवार यादवले समेत विरोध जनाउनुभएको छ । खेरवारले उराँवहरुको उठीबास गर्ने कार्यको निन्दा गर्नुहुदै आवाशको अधिकारको ग्यारेण्टी गर्नुपर्ने र बल प्रयोग गरेर गरेको क्षतीको क्षतीपुर्ती दिनुपर्ने माग गर्नुभयो ।
उता गढी गाउँपालिका ६ का कार्यवाहक वडा अध्यक्ष योगनारायण चौधरीले अदालतको आदेशमा घर हटाएको प्रतिकृया दिनुभयो । उहाँले पनि सबै कुरा नबुझदा अहिले उराँव परिवारलाई समस्या भएको जानकारी दिनुहुदै एलानी वडा वा गाउँपालिकाले आफ्नो अधिनमा लिने प्रकृया अगाडि बनाउने बताउनुभयो ।










१, एलानी जग्गामा घर भएका गढी गाउँपालिका ६ सतैरझोरा हातिमुडा नीवासी विष्णु उराँव र अन्नतला उराँवको घरमा डोजर लगाएर भत्काएको अवस्था हो । एक हप्तादेखी पीडितहरु खुल्ला आकाशमुनी बस्न बाध्य भएका छन् ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा
