जयकृष्ण यादव । इनरुवा
इनरुवा, चैत २४ गते । सुनसरीमा तीनदिन अघिबाट चर्केको दुई समुदायबिचको विवाद र झडप नियन्त्रणका लागि शुक्रबार लगाएको कर्फ्यु सनिबार पनि जारी छ । शुक्रबार हरिनगर स्थित रामनगरभुटाहाबाट चर्केको हिन्दु–मुस्लिम समुदायका बिचको झडपले शान्ति सुरक्षामा चुनौती देखिएपछि लगाइएको कर्फ्युलाई शनिबार पनि जारी रहेको प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जानकारी दिनुभयो ।
आचार्यका अनुसार चैत २३ गते मध्यान १२ बजेदेखी हरिनगर सहित देवानगञ्ज १ र ७ नम्बर वडा तथा दिउसो ५ बजेपछि जिल्लाको भोक्राहा नरसिंह, कोशी गाउँपालिका र देवानगञ्ज गाउँपालिका पुरै तथा इनरुवा नगरपालिकामा अनिश्चितकालिन जारी रहेको जानकारी दिनुभयो
स्थानीय प्रशासनले अवाञ्छित र उच्छृङ्खल गतिविधि हुन नदिनका लागि सम्भावित झडप हुने ठाउँमा ठुलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ । कर्फ्यु जारी भए पश्चात् जनजीवनमा सामान्य बन्दै गएको भएपनि सदरमुकाम इनरुवा ९ र १० बबिया जल्पापुर सीमामा पदर्शन भएको छ भने सीमावर्ती देवानगञ्ज गाउँपालिकामा समेत हिन्दु समुदायका स्थानीयहरुले पर्दश्न गरेका छन् ।
सदरमुकाम दक्षिण क्षेत्रका सडकहरु दिनभर सुनशान जस्तो रहयो भने मुख्य राजमार्गमा सवारी निर्वाद रुपमा सञ्चालन भएको छ ।
शान्ति सुरक्षा कायम गर्दै सामाजिक, धार्मिक, साँस्कृतिक सद्भाव बाढाउन अपिल
यसैबीच प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यको पहलमा सर्वदलीय सर्वपक्षीय बैठकले ६ वटा निर्णय गरेको छ । सर्वदलीय सर्वपक्षीय बैठकले शान्ति सुरक्षा कायम गर्दै सामाजिक, धार्मिक, साँस्कृतिक सद्भाव बाढाउन अहिलेसम्म सबै पक्षबाट संचालित सबै प्रकारका कार्यक्रमहरु फिर्ता लिने र हाल जारी कर्फ्यू सुरक्षा अवस्थाको विश्लेषण गरी क्रमशः खुकुलो बनाउदै लैजाने, जारी कर्फ्यू आदेश खारेज भएपछि कर्फ्यू जारी भएका क्षेत्रहरुमा सम्बन्धित पालिकाको संयोजकत्वमा सद्भाव याली निकाल्ने, भविस्यमा पनि यस प्रकारको सामाजिक सद्भाव विग्रिने कार्य नगर्न नगराउन समन्वय, सहजिकरण गर्ने÷गराउने भएको छ ।


त्यसैगरी घटनाको निष्पक्ष छानवीनका लागी छानविन समिति गठन गर्ने÷गराउने, छानविन प्रनिवेदन अनुसार दोषीलाई उचित कारबाही गर्ने, हाल चलिरहेको कानूनी प्रकृयालाई निरन्तरता दिने, आन्दोलनका क्रममा घाइते भएको व्यक्तिहरुको निःशुल्क उपचार गर्ने व्यवस्था गर्ने र हरिनगर लागायतका पालिकामा जारी प्रदर्शनलाई सहजिकरण गरी सामान्यिकरण तर्फ अघि बढाउनका लागि कफ्र्यु आदेश जारि भएका पालिकाहरुको सम्बन्धित कोशी प्रदेश निर्वाचन क्षेत्रका प्रदेश सदस्यहरुलाई अनुरोध गर्ने निणर्य गरेको बैठकमा सहभागी नेकपा माओवादी केन्द्रका अध्यक्ष योगेन्द्र प्रसाद मण्डलले जानकारी दिनुभयो ।