इनरुवा, चैत २५ गते । सुनसरीको हरिनगरमा चारदिन अघिबाट चर्केको दुई समुदायबिचको विवाद र झडपको घटनालाई साम्य पार्न तथा नियन्त्रणमा लिन चैत २३ गतेबाट जारी रहेको कर्फयु आदेश सोमबार विहान ६ बजेसम्मका लागि जारी राख्ने भएको छ । प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले सर्वपक्षिय रुपमा गरिएको बार्ता, संवाद र छलफल जारी रहेको अवस्थामा केही पर्दशनको अवस्थालाई ध्यानमा राखि चैत २६ गते विहान ६ बजेसम्मका लागि हरिनगर गाउपालिकाभरी, देवानगञ्ज गाउँपालिका १ र ७ नम्बर वडामा पूर्ण कर्फ्यु जारी रहने जानकारी दिनुभयो ।
आचार्यका अनुसार शुक्रबार हरिनगर स्थित रामनगरभुटाहाबाट चर्केको हिन्दु–मुस्लिम समुदायका बिचको झडपले शान्ति सुरक्षामा चुनौती देखिएपछि लगाइएको कर्फ्युलाई सोमबार विहानसम्म जारी रहने भएको छ । केही ठाउँमा खुकुलो पार्दै कर्फ्युलाई जारी राखेको प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी दिनुभयो ।


आचार्यका अनुसार चैत २३ गते मध्यान १२ बजेदेखी हरिनगर सहित देवानगञ्ज १ र ७ नम्बर वडा तथा सोही दिन दिउसो ५ बजेपछि जिल्लाको भोक्राहा नरसिंह, कोशी गाउँपालिका र देवानगञ्ज गाउँपालिका पुरै तथा इनरुवा नगरपालिकामा लगाएको कफ्र्यु जारी गरेको थियो ।
जारी भएको कर्फयुमा जिल्लाको भोक्राहा नरसिंह, कोशी गाउँपालिका र देवानगञ्ज गाउँपालिकाको २ देखी ६ नम्बर वडासम्म तथा इनरुवा नगरपालिकामा आशिंक कफ्र्यु जारी रहने जनाएको छ ।
हरिनगरमा कर्फयु आदेश तोड्दै पर्दशन, प्रहरीले गरे हवाई फायर , स्थानीयहरु भन्छन प्रहरीले घरमा पसेर कुट्यो
यसैबीच प्रशासनले जारी गरेको कर्फयु आदेश तोड्दै हरिनगर बजारमा पर्दशन भएको छ । हिन्दु समुदाय समर्थितहरुले जीवन मेहता माथि निर्ममपूर्वक गरेको आक्रमणमा संलग्नलाई कार्वाही गर्नुपर्ने, शान्ती सुरक्षा कामय गर्नुपर्ने, बाटोमा हिन्दु समुदायका नागरिक माथि बढेको ज्यादती बन्द गर्नुपर्ने सहितको माग राखदै पर्दशन गरेको हो । प्रदर्शनकारीले ढुगामुडा गरेपछि सशस्त्र र नेपाल प्रहरीले १२ सेल अश्रु ग्यास तथा हवाई फायर गरेको छ । पर्दशनकारीको ढुगां लागेर प्रहरी नायव उपरीक्षकको खुट्टामा चोट लागेको छ भने केही प्रहरीको हात, छाती र खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ । स्थानीयहरुले भने हरिनगर ४ बजार क्षेत्रमा प्रहरीले घरघरमा पसेर सर्वसधारणलाई कुटपिट गरेको दावी गरेका छन् । स्थानीय विरेन्द्र मेहताका अनुसार भोला मेहता, अनिता मेहता, मिना मेहता सहितलाई घरमा पसेर लाठीले कुटेर घाईते बनाएको छ । प्रहरी माथि ढुगां प्रहार गर्ने दुई जना पुरुषलाई नियन्त्रणमा लिएको जनाएको छ ।
हरिनगरमा चर्किएको विवाद समाधानका लागि बसेको सरोकारबालाको बैठक विना सहमती सकियो


उता सुनसरीको हरिनगरमा चारदिन अघिबाट चर्केको दुई समुदायबिचको विवाद र झडपको घटना सहित सबै विवाद समाधानका लागि सर्वपक्षिय संवाद र छलफल विना निषर्कश सकिएको छ । प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यको पहलमा कोशी प्रदेश सभा सदस्यहरु, जनप्रतिपनिधि र राजनीतिक दल सहित स्थानीय सरोकारबालाहरुको बीचमा हरिनगर भुटाहा विवाद समाधानका लागि सर्वपक्षिय संवाद सुरु भएको केही घण्टापछि पुरा छलफल नहुदै दोषीलाई पक्राउ नगरेसम्म छलफलको अर्थ नरहने भनेर एक समूह बाहिर भएपछि निषकर्श विहिन बनेको हो . छलफल सार्थक भएपनि पूर्ण निषकर्ष नआएको प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी दिनुभयो ।
आचार्यका अनुसार संवाद तथा छलफल कार्यक्रममा कोशी प्रदेश सभा सदस्य हाजी इसराईल मंसुरी, सदानन्द मण्डल, जिल्ला समन्वय समिति प्रमुख राजन मेहता, कोशी गाउँपालिकाका अध्यक्ष ऐयुव अंसारी, हरिनगरका उपाध्यक्ष रिमझिम भगत, भोक्राहा नरसिंहका अध्यक्ष अजमल अख्खतर अंसारी, नेपाली काङग्रेस सुनसरीका सभापति केदार भण्डारी, महफुज अंसारी, लस्करी अंसारी सहितको उपस्थिती रहेको थियो । छलफलमा आआफ्नो कुरा राख्ने क्रम सुरु भएको र केहीले राखेपछि सर्वसधारणको तर्फबाट दोषीलाई कार्वाहीको माग उठेको र पक्राउ गर्ने कानुनी कार्वाही गर्ने प्रशसानले प्रतिवद्धता जनाएको भएपनि पक्राउ नगरेसम्म कुरा नगर्ने भनेपछि सहमती नभएको देखिएको छ ।


१, सुनसरीको हरिनगरमा चारदिन अघिबाट चर्केको दुई समुदायबिचको विवाद र झडपको घटना