जयकृष्ण यादव । इनरुवा
इनरुवा, चैत २७ गते । सुनसरीको बराहक्षेत्र १ चतरामा सुरु भएको बाह्र बर्से पिण्डेश्वर पूर्ण महाकुम्भ मेलालाई सार्थक पार्न भन्दै उद्घाटनको दिन जिल्लाका चार स्थानीय तहले विदा दिएको छ । महाकुम्भ मेताको राष्ट्रपति रामचन्द्र पौडेलबाट उद्घाटन गर्नुहुने कार्यक्रम भएकाले भन्दै धरान उपमहानगरपालिका, बराहक्षेत्र नगरपालिका , कोशी गाउँपालिका र भोक्राहा नरसिंह गाउँपालिकाले मंगलबार बिदा दिएको हो ।

मङ्गलवार राष्ट्रपति पौडेलले एतिहासिक कुम्भ मेलाको उद्घाटन गर्नुहुने र नोपलको पहिचानसंग जोडिएको बाह्र बर्से पिण्डेश्वर पूर्ण महाकुम्भ मेला भएकाले विदा दिएको कोशी गाउँपालिकाका अध्यक्ष ऐयुव अंसारीले जानकारी दिनुभयो । भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजम अख्तर आजालले समेत धार्मिक पर्यकिय क्षेत्र बराहक्षेत्र चतरामा एतिहासिक कुम्भ मेला लाग्ने भएकाले एक दिन विदा दिएको बताउनुभयो ।