जयकृष्ण यादव । इनरुवा
इनरुवा, चैत २८ गते । शिक्षाको विकास नभएसम्म देशको विकास हुन नसक्ने कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले बताउनुभएको छ । सुनसरीको इनरुवामा बुधबार प्रिसियस एकेडेमीको अभिभावक दिवश तथा कक्षा ११ को लागि नयाँ भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुदै उहाँले देशको मुरुदण्ड नै शिक्षा भएकाले शिक्षाको विकास नभएसम्म देशको विकास हुन नसक्ने बताउनुभएको हो ।

प्रदेश प्रमुख खापुङले देशमा भईरहेको शिक्षाको लागनी अझै बढाउनुपर्ने र शैक्षिक गुणस्तरमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । शिक्षामा गुणस्तर र शिप तथा रोजगारमुलक नभएसम्म बेरोजगारी समस्या बढ्ने भएकाले सबै सरोकारबाला निकायले ध्यान दिनुपर्ने बेला आएको बताउनुभयो । शिक्षाले संस्कार, संस्कृति, कला र सामाजिकता समेत सिकाउने भएकाले शिक्षामा लगानी सहित गुणस्तर वृद्धि गर्न आवश्यक रहेको बताउनुभयो ।


फरक प्रसंगमा उहाँले देशमा सदियौदेखी रहेको सामाजिक, सांस्कृति, धार्मिक, राजनीतिक र भाषिक विविधताको एकतालाई कायम राख्न जरुरी रहेको बताउनुभयो । प्रमुख खापुङले हेकर चार्डपर्व, धर्म, संस्कृति, सद्भावका कार्यहरुले एकअर्कालाई जोड्दै आएकाले सबैमा सो सद्भाव, एकता र मानवीय मुल्यमान्ताको संरक्षणमा लाग्न आग्रह गर्नुभयो ।
नेपालमा विविध भौगोलिक विषेशता हिमाल, पहाड र तराई तथा विभिन्न भाषाभाषी, जातजाती, धर्मसंस्कृति रहेकाले सबैको संरक्षण गर्नुपर्ने बताउनुभयो । उहाँले हरेक चार्डपर्वको आफ्नै महत्व भएकाले विहीबार हुने रामादनको अवसरमा शुभकामना समेत व्यक्त गर्नुभयो ।


सबैको आ आफ्नो पहिचान रहेकाले एकले अर्काको सम्मान गर्नु हामी सबैको जिम्मेवारी रहेको उहाँले बताउनुभयो ।
प्रमुख खापुङले हरेक समुदायको समस्या समाधान गरी मुलुकलाई एकताबद्ध बनाउनु लाग्नुपर्नेमा जोड दिए । नेपालको संविधानको आधार समानुपातिक, समावेशी र समानता भएकाले त्यसभित्र रहेर देशका सम्पूर्ण जातजातिबीच एकतालाई बलियो बनाउनु आवश्यक्ता औँल्याउनुभयो ।
उद्घाटन कायक्रममा कोशी प्रदेश सभा सदस्य हाजि इसराईल मंसुरीले इनरुवामा विज्ञान संकायको पढाई हुने विद्यालयको अभाव पुर्तीका लागि प्रिसियस एकेडेमीले विज्ञान, बाणिज्य सहितको संकायमा पढाउने गरी कक्षा थप गरेकोमा शुभकामना दिनुभयो । मंसुरीले सबैको हकहित, धर्म, संस्कृति र न्यायको लागि शिक्षा अनिर्वाय भएकाले गुणस्तरीय शिक्षामा जोड दिनुभयो ।
त्यसैगरी अर्का कोशी प्रदेश सभा सदस्य एवम् पूर्व राज्यमन्त्री रामप्रसाद मेहताले शिक्षाा विना कुनै पनि क्षेत्रको विकास सम्भव नभएकाले प्रिसियस एकेडेमीले थालेको विज्ञानको पढाई सहितको कक्षा ११ को उद्घाटनले इनरुवाको शिक्षा विकासमा योग्दान गर्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा सनुसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, कोशी गाउँपालिकाका उपाध्यक्ष अनितादेवी यादव, इनरुवा नगर शैक्षिक सुधार अभियानका संयोजक दिलिपचन साहु, डा. उपेन्द्र मेहता सहितकाले बोल्नुभएको थियो ।
कार्यक्रममा प्रिसियस एकेडेमीका प्रिन्सिपल ओमप्रकाश यादवले स्वागत गर्नुहुदै बालबालिकाको प्रथम पाठशाला घर र शिक्षिका आमा भएकोले बालबालिकाको चौतर्फी विकासको जग अभिभावक भएको बताउनुभयो । यो विद्यालय भावनासंग जोडिएको र कर्ममा अब्बल दर्जाको विद्यालय भएको, जानकारी गराउदै समय र परिस्थिति अनुसार विद्यालयलाई अगाडि बढाउन सक्षम नेतृत्व भएको भन्दै सहयोगी र शुभचिन्तकहरुलाई धन्यवाद दिनुभयो । त्यसै यादवले विद्यालयका कक्षा एलकेजीदेखी कक्षा ९ सम्मका प्रथम, द्धितिय, तृतिय र चाथौ सहित उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको जनाकारी दिनुभयोे ।
विधार्थीहरुले कला तथा नृत्य प्रस्तुत गरेका थिए भने स्काउटले मार्चपास सहित स्वागत सम्मान गरेको थियो । कार्यक्रमका प्रमुख अतिथि खापुग सहित विशिष्ट अतिथिमा प्रदेश सभा सदस्यहरु, स्थानीय समाजसेवी, स्थानीय तहका जनप्रतिनिधि, टोलबिकास संस्थाका पदाधिकारी, अभिभावक, शिक्षाप्रेमी, शुभेच्छुक विधार्थीहरु, विभिन्न सामाजिक ब्यक्तित्वहरूको सक्रिय सहभागिता रहेको थियो । कार्यक्रममा विधालयको समग्र भौतिक, शैक्षिक अवस्था र आगामी शैक्षिकसत्रको योजना प्रस्तुत गरेका थिए ।
वार्षिक उत्सवमा बोल्ने अधिकांस बक्ताहरूले शिक्षालाई गुणस्तरीय बनाउन सबैको भुमिका रहने बताउदै बालबालिकाको पहिलो पाठशाला घर भएको हुंदा अभिभावक बढी जिम्मेवार बन्नु पर्नेमा जोड दिएका थिए । सो अवसरमा विद्यालयका उतिर्ण बिद्यार्थीहरूलाई मायाको चिनो र अभिभावकलाई खादा सहित सम्मान र पुरस्कृति गरिएको थियो ।

अथितिहरु र अभिभावकलाई पनि मायाको चिनो प्रदान गरिएको थियोे । कार्यक्रममा बोल्नेहरुले अनुशासन नै प्रगतिको आत्मा भएकोले सबैलाई अनुशासनमा रहन आग्रह गरेका थिए ।
अतिथिले स्कुलका बिद्यार्थीप्रति सिकाई पद्वति, भौतिक संरचना प्रति प्रशंसा गर्दै बिद्यालयको प्रगति सहित पूर्ण सफलताको शुभकामना दिएका थिए । व्यवस्थापक मेहताको सञ्चालनमा सम्पन्न भएको बिधालयले जनाएको छ ।


१, सुनसरीको इनरुवा नगरपालिका १ मा बुधबार प्रिसियस एकेडेमीको अभिभावक दिवश तथा कक्षा ११ को लागि नयाँ भवन उद्घाटन कार्यक्रमका अथितिहरु ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा