जयकृष्ण यादव । इनरुवा
इनरुवा, चैत २९ गते । सुनसरीका इस्लाम धर्मावलम्बीहरूले ईद उल फित्र (इद) पर्व हर्षोल्लासका साथ मनाएका छन् । एक महिनासम्म कठोर उपवास सहितको रमजानको महिनाको अन्तिम दिन रोजा सम्पन्न गर्दै विहीबार ईदउल फित्र (इद) पर्व हर्षोल्लासका साथ मनाएका छन् । इस्लाम समुदायमा रमजान महिनालाई निकै पवित्र मानिन्छ, रमजानको महिनाको चन्द्रमा हेरेर ईद–उल–फित्र मनाइन्छ । इनरुवा १० जल्पापुर र इनरुवा ९ बबिया स्थित इदगाहमा गएर इनरुवाका इस्लाम धर्मावलम्बीहरूले सामूहिक नमाज (प्रार्थना) गर्नुका साथै एकआपसमा अँगालो मारेर इदमुबारक (बधाई तथा शुभकामना) साटासाट गरि ईद उल फित्र (इद) पर्व हर्षोल्लासका साथ मनाएका छन् ।
भोक्राहा नरसिंह ८ को सोनयाही, भोक्राहा ४ जामिया इस्लामिया इदगाहा, सुनसरी खोला इदगाहा, हरिनगर गाउँपालिकाको भुटाहा, घुस्की, कोशी गाउँपालिकाको श्रीपुर, पश्चिम कुशाहा, दुहवीको सोनापुर, इटहरीका खनार, गढीको मधेली, देवानगञ्ज गाउँपालिकाको देवानगञ्ज, बर्जु गाउँपालिका ५ को अमाहिबेलाहा सहितका दर्जन बढी इदाहामा हजारौको संख्यामा इस्लाम धर्मालम्बप्ीहरुले प्राथना सहित शुभकामना साटासाट गरेर ईद उल फित्र (इद) पर्व हर्षोल्लासका साथ मनाएको मुस्लिम समुदायका पत्रकार अजमल अंसारीले जानकारी दिनुभयो ।
अन्सारीका अनुसार गत फागुन २९ देखि सुरु भएको रमजानको एक महिनासम्म यो पर्वमा मुसलमान समुदायहरुले दिनमा निराहार बसेको र विहीबार ईद उल फित्र (इद) पर्व हर्षोल्लासका साथ मनाएका छन् ।
शरीरलाई चोखो राखेर मात्र रोज बस्नुपर्छ । दान दिनु, गरिब र दीन दुःखीलाई सेवा गर्नु, जकात निकाल्नु यो महिनाको ठूलो विशेषता हो । कुलतमा लागेका मानिस एक महिना इमानदारीपूर्वक रोजा बस्न सक्यो भने चुरोट, खैनी, गुट्खा आदि पदार्थ खाने बानीमा परिवर्तन आउन सकिने अनुमान गर्न सकिन्छ । त्याग, तपस्या र बलिदान सबै जोडिने यो पर्वमा मुसलमान रोजा बस्नुलाई गर्व मान्दछन् ।
नाबालक, बिरामी, घातक रोग लागेका र गर्भवतीलाई रोजा बस्न अनिवार्य छैन । यस पर्वमा बिर्यानी, पुलाउ, सेबइ, दुग्ध, मासुका परिकार, फलफूल खाने प्रचलन छ ।
यसैबीच ईद उल फित्र (इद) पर्वको अवसरमा हिन्दु युवाहरुले सुनसरीको हरिनगर गाउँपालिका स्थित भुटाहा बजारमा खानेपानी, फ्रुटी, चिसो लगायत मिठो परिकार वितरण गरेका छन् । इदाहामा प्रथना गर्न आएकाहरुलाई खानेपानी, फ्रुटी, चिसो लगायत मिठो परिकार वितरण गर्दै पर्वको शुभकामना साटासाट गरेका छन् । एक धर्मले अर्को धर्मको सम्मान गर्नुलाई नै धार्मिक एकता, सामाजिक सद्भाव र भाईचारा मानिने भएकाले खानेपानी, फ्रुटी, चिसो लगायत मिठो परिकार वितरण गरेको हिन्दु युवाहरुले बताएका छन् । यो दुवै धर्मलाई सार्थक सन्देश सिकाएको छ । धर्मको नाममा अतिवादीको दल–दलमा फसेर एकले अर्काको आलोचना र विरोध गर्नुभन्दा आपसमा मिलेर अगाडी बढ्न सन्देश दिनु नै पुन्यको काम भएको स्थानीयहरुले बताएका छन् ।
उता हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अंसारीले पवित्र रमजान महिना हामी हाम्रो माझबाट बिदा गर्ने र एक महिनाको लामो व्रत अर्थात् रोजा बस्न अवसर पाएकोमा अत्यन्तै खुशी भएको बताउनुभएको छ । उहाँले केही दिन अघि भएको घटनाले हरिनगरमा तनाव भएको भएपनि अहिले हर्सोल्लासका साथ ईद उल फित्र (इद) पर्व मनाएको जानकारी दिनुहुदै शुभकामना दिनुभएको छ । अंसारीले रमदानको महिना तथा इदुल फित्र अर्थात् रोजा पर्वको शुभ अवसरमा देश बिदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्नुभएको छ ।
१, सुनसरीको इदगाहामा प्राथना गगर्दै नबाज पढ्दै मुस्लिमहरु ।
तस्विर ः

१, सुनसरीको हरिनगर गाउँपालिका १ मा रहेको भुटाहा इदगाहामा प्राथना गगर्दै नबाज पढ्दै मुस्लिमहरु ।
तस्विर ः