इनरुवा, चैत २८ गते । सुनसरीको इनरुवामा रहेको अन्सारी हार्डवेयर एण्ड ट्रेडर्सले भोक्राहा नरसिंह गाउँपालिकाका स्थानीयहरुलाई इद प्याकेज वितरण गरेको छ । गरिब, विपन्न, असाहायकहरुलाई इदमा सहजताका लागि भन्दै इद प्याकेज वितरण संस्चालक रासिद अंसारीले जानकारी दिनुभयो ।

केही वर्षदेखी निर्माणको सामग्री विक्रि गर्दै सेवामा रहेको अन्सारी हार्डवेयर एण्ड ट्रेडर्सले बुधबार भोक्राहा नरसिंह गाउँपालिका २ र ४ का स्थानीयहरुलाई इद प्याकेज वितरण गरेको जनाएको छ । स्थानीयहरुलाई इद प्याकेज वितरण कार्यक्रममा भोक्राहा नरर्सिह गाउँपालिकाका अध्यक्ष अजमल अख्तर आजाद, स्वास्थ्य शाखाका सुनिताकुमारी साह, २ नम्बर वडा अध्यक्ष आलम अंसरी, पहल बहादुर कटुवाल सहितको उपस्थिती रहेको थियो ।