इनरुवा, चैत ३० गते । सुनसरीको हरिनगर गाउँपालिका ४ का ३९ वर्षिय असोक कुमार साहले आफू पुरुष हिसाँ सहित अन्यायमा परेको गुनासो गर्नुभएको छ । करिव २३ वर्ष अघि भारतीय नागरिकसंग विवाह गरेकी हरिनगर १ की रुवि कमारी गुप्ताले भारतीय पतीलाई छाडी साहसंग प्रेम विवाह गरेको र दुई सन्तान जन्मेपछि सम्बन्धमा विवाद उत्पन्न भएको हो । आफू अविवाहीत हुदाँको अवस्थामा करिव १४ वर्ष अघि प्रेम विवाह गरेको र उक्त विवाहको तत्कालिन रामनगर भुटाहा गाविसमा विवाह दर्ता प्रमाण समेत बनएकोमा एउटै महिलाको दुई श्रीमान् कागजी रुपमा देखापरेको छ । गुप्ताले पहिलो विवाह भारतीय नागरिक संजय गुप्तासंग गरेको भारतीय कागजातबाट देखिन्छ भने रुवीको भारतीय श्रीमानको नामबाट आधार कार्ड र मतदाता नामावलीमा समेत नाम रहेको छ । सो घटना हुदाँहुदै २०६६ सालमा तत्कालिन रामनगर भुटाहा गाविसबाट रुवि गुप्ता र अशोक साहले विवाह दर्ता गराएको प्रमाण फेला परेको छ । रुविले दोहोरो नागरिकता लिएको आरोप बाहिर आएपछि नोभेन्बर ७ तारिक २०२१ मा भारतीय नागरिकता त्याग गरेको प्रमाण समेत फेला परेको छ । उता जालसाज र दोहोरो नागरिकता नलिएको र दुई जना श्रीमान् समेत नभएको रुवी कुमारी गुप्ताले दावी गर्नुभएको छ । गुप्ताका बारेमा आवश्यक कार्वाही गर्न प्रशासनले तीन वर्ष अघि जिल्ला प्रहरी कार्यालयलाई त्यसबेला सक्कलै निवेदन पठाएको बारेमा घटनामा जोडिएका असोक साहले आफ्नै श्रीमती भएको दावी गर्नुभएको छ । तर गुप्ताले असोक आफ्नो श्रीमान नभएको प्रतिकृया दिदै आउनुभएको छ । यो घटना निकै सम्बेदनशिल र कानुन छल्ने काम भएकाले यसलाई सुक्ष्म अनुशंधान गर्न जरुरी रहेको नागरिक समाजको माग छ ।
असोक साहले भने विवाह गरेको र दुई छोराछोरी पनि आफ्नै भएको दावी गर्नुभएको छ । रुविले पहिलो नागरिकता साविकको रामनगर भुटाहा गाविस ठेगाना राखेर २०५६ भदौ ३० गते ४९०६६।५१०६६ नम्बरको नागरिकता प्रमाणपत्र लिनुभएको थियो ।
न्यायिक समितिमा न्यायको बारेमा छलफल पनि भएन्


हरिनगर गाउँपालिका न्यायिक समितिमा २०७९।०३।२१ गते हरिनगर १ की रुवि कुमारी गप्ता आफ्नो श्रीमती भएको भएपनि सगैं बस्न नमानेको भन्दै उजुरी गरेको भएपनि हालसम्म कुनै न्याय नपाएकाले मिडिया आउनुभएका हरिनगर ४ का आसोक साहले आफूसंग श्रीमती गुप्ता बस्नुपर्ने जिकिर गर्नुभयो । साहले २०६५।०२।१० गते विवाह गरेर २०६६।११।२ गते विवाह गरेको विवाह दर्ता समेत गरेको र पतीपत्नीको रुपमा बसेको बताउनुभयो । साह र गुप्ताका बीच भएको सम्बन्धपछि पहिलो सन्तानका रुपमा २०६५।१२।०९ गते छोरी प्रतिक्षा कुमारी साह र दोस्रो संन्तानको रुपमा २०६८।०८।१४ गते छोरा अनुभव कुमार साह जन्मेको रहेछ । छोराछोरी जन्मेको र आधिकारीक जन्मतर्दा बनाई शिक्षा दिक्षा दिएकोमा रुवीले जालसाजी र नेपाल सरकारलाई गुम्राहामा पारी अर्को नयाँ जन्मदर्ता बनाएको रहेछ । साहले श्रीमती गुप्ताले अवैध काम गरेकाले हदैसम्म आवश्यक कार्वाही गर्न माग गर्नुभएको छ । गप्ताले ल्याएको आधार र प्रमाणका आधार गुप्तालाई नागरिकता र जालसाज तथा सरकारी शिक्षक सेवामा रहेकाले किर्ते गर्ने र राज्यलाई ठाट्ने समेत मुद्धा चल्नुपर्ने स्थानीयहरुले माग गरेका छन् । पक्षहरुका बीचमा छलफल भएपनि एकले अर्कालाई स्विकार नगरेकाले समस्या भएको न्यायिक समिति स्रोतले जनाएको छ ।


अदालतमा छोराछोरी आफ्नो दावी गर्दा भएन
सुनसरी जिल्ला अदालतमा साहले दिनुभएको उजुरीमा गुप्ताले आफ्ना छोराछोरी लगेको र भेट्न समेत नदिएको दावीमा अदालतले छोराछोरीको इक्छा अनुसार आमासगै बस्ने आदेश दिदै साहको निवेदन खारेज गरिदिएको छ ।