इनरुवा, बैशाख २ गते । सुनसरीको हरिनगर गाउँपालिका १ रामनगरभुटाहामा चैत्र २२ गते हरिनगर वडा नं. ३ को जीवन मेहता माथि भएको अमानविय आक्रमण र त्यसपछि उत्पन्न भएको समुदायका बीचमा विवादलाई समाधान गर्दै आपसी सदभावका लागि प्रदेश सासंददेखी पूर्व मन्त्रीसम्मले चासो देखाएका छन् । हरिनगर गाउँपालिका १ रामनगरभुटाहा बजारमा एकले अर्कालाई सम्मान गर्ने र आपसी सदभावलाई कायम राख्ने विषयमा सरोकारबाला बीचमा समसमायिक सवालमा छलफल गरेका छन् । कोशी प्रदेशका पूर्व प्रदेश मन्त्री जगदीश प्रसाद कुसियत, पूर्व राज्यमन्त्री एवम् प्रदेश सभा सदस्य रामप्रसाद मेहता, इस्राइल मन्सुरी, हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारी ,नेकपा एस केन्द्रिय नेता महफुज अन्सारी, एमाले जिल्ला नेता लसकरी अन्सारी, हरिनगर वडा नम्बर १ का वडा अध्यक्ष प्रविण प्रसाद गुप्ता, जिल्ला समन्वय समिति सदस्य समिल मन्सुरी लगायतको उपस्थितीमा नेपाल एक बहुजातिय, बहुभाषिक, बहुसांस्कृतिक मुलुक भएकोले सबैलाई आ आफ्नो धर्म, संस्कृति परमपरा मान्ने अधिकारलाई सुनिश्चित गर्ने र सामाजिक सदभाव कायम गर्न पहल गर्ने प्रतिवद्धता जनाएका छन् ।


१, हरिनगर गाउँपालिका १ रामनगरभुटाहा बजारमा एकले अर्कालाई सम्मान गर्ने र आपसी सदभावलाई कायम राख्ने विषयमा सरोकारबाला बीचमा भएको समसमायिक सवालमा छलफलमा सहभागीहरु ।
तस्विर ः