इनरुवा, बैशाख ३ गते । सुनसरीका २० वटा जातीय संघसंस्थाहरुले संयुक्त रुपमा सुनसरीको हरिनगर गाउँपालिका १ रामनगरभुटाहामा चैत्र २२ गते हरिनगर वडा नं. ३ निवसी जीवन मेहता माथि भएको सामुहिक आक्रमण र त्यसपछि उत्पन्न भएको समुदायका बीचमा विवादको विषयमा सुरक्षा निकाय गम्भिर नभएको आरोप सहित जिल्ला प्रशासन कार्यालय सुनसरीमा ज्ञापन पत्र बुझाएको छ ।
सरोकारबालासंगको पटकपटकको छलफल गरेको कुरा सार्थक भएपनि त्यसमा भएको सवालहरु र मुद्धाहरुमा प्रशासनले बेवास्ता गरेको भन्दै दोषीलाई पक्राउ गरि कार्वाही गर्न संस्थाहरुले माग गरेको छ । सुनसरीको हरिनगर गाउँपालिकामा चैत २२ गते भएको हरिनगर गाउँपालिका ३ नीवासी जीवन मेहता माथिको साघातिक आक्रमण र त्यसपछिको उत्पन्न परिस्थिती प्रति हाम्रो गम्भिर ध्यानकर्षण भएको २० वटा जातीय संघसंस्थाहरुले संयुक्त रुपमा बुझाएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ । सामुहिक रुपमा बुझाएको ज्ञापन पत्रमा सामाजिक सद्भाव, एकता र सत्यको पक्षमा विश्वास गर्नेहरुलाई उपेक्षा गरेको जस्तो र जीवन मेहता माथि निर्ममपूर्वक गरेको आक्रमणमा संलग्नलाई पक्राउ गरि कार्वाही गर्नुपर्नेमा नगर्नुले प्रशासनको कार्यशैली प्रति नै शंका उब्जेको आरोप लगाएको छ । उनीहरुले हरिनगरको आक्रमण काण्डका दोषीहरुलाई कार्वाही गर्नुपर्ने, त्यस घटनामा संलग्न व्यक्तिहरुलाई अबिलम्ब पक्राउ गरि कानुनी दायरामा ल्याउन र सुक्ष्म छानविन गरी दोषी उपर कडा भन्दा कडा कार्वाहीका लागि जोडदार माग गर्दै कानुनी राज्यको प्रत्याभुति आम नागरिकलाई गराउन जिल्ला प्रशासन कार्यालय सुनसरीसंग जोडदार माग गरिएको छ ।
जातीय संघ संगठन समन्वय समितिको ज्ञापन पत्र जस्ताको त्यस्तै