जयकृष्ण यादव । इनरुवा
इनरुवा, बैशाख ११ गते । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नं. ३ शिवगञ्जको शिशौ टोलमा भिषण आगलागी भएको छ । स्थानीय जियान्दन मेहताको घरमा विधुत सर्ट भएर सुरु भएको आगोले छिमेकी रामदेव मेहताको परालमा फैलिएको र त्यसपछि सल्केको आगोले १५ भर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । भोक्राहा नरसिंह ३ शिशो टोलमा भएको भीषण आगलागीमा पशुचौपा सहित क्षती भएको पीडित परिवारले जनाएको छ । मंगलबार दिउँसो मेहताको परालबाट आगलागी भएको र आगलागीमा रामदेव मेहताको दुई वटा घर सहित स्थानीय ७ परिवारको १५ घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिनुभयो । आगलागीमा स्थानीय महेन्द्र मेहताको १० वर्षिय छोराको दाया खुट्टामा सामान्य पोलेर घाईते भएपछि प्रहरी नायव उपरीक्षक नवीनकृष्ण भण्डारीले आफ्नो गाडीमा उद्धार गरि इनरुवा अस्पताल ल्याउनुभएको छ । ती बालक सामान्य घाइते भएको र उपचार भईरहेको प्रहरीले जनाएको छ ।


भण्डारीका अनुसार घरबाट सल्केको आगोले शिशो टोलका ७ परिवारको घरमा रहेको खाद्यान्न, लताकपडा र नगदसहित गरेर ५० लाख बढीको क्षति भएको प्ररमम्भिक अनुमान गरिएको छ । आगोबाट भएको क्षतिको थप विवरण संकलनको कार्य भइरहेकोे समेत भण्डारीले जानकारी दिनुभयो ।
आगोलाई नियन्त्रणमा लिन नेपाल प्रहरी ,सशस्त्र प्रहरी स्थानीयबासी र कोशी गाउँपालिका, देवानगञ्ज गाउँपालिका, रामधुनी र इनरुवा नगरपालिका तथा इटहरी उपमहानगरपालिका सहितका सात वटा दमकल परिचालन गरेको थियो ।


१, सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ३ मा भएको आगलागीबाट भएको क्षतीग्रष्त घरहरु ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा