इनरुवा, बैशाख १५ गते । सुनसरी हरिनगर गाउँपालिका वडा नम्बर २ साविक रामनगर भुटाहा ७ मा आगलागी हुदाँ ६ परिवारका १० घर जलेर नष्ट भएको छ । आगलागीबाट स्थानीयहरुको घर र घरमा रहेको खाध्यान्न, सरसमान, गहुँ, धान, चालम, मकैं,लताकपडा लगायत सामाग्री जलेर नष्ट भएको हो । आगलागी भुटाहाका मुसहरु मियाँको घरवाट सल्केको र सोही आगोले स्थनाीय रहिम अन्सारी,अहमद अन्सारी,नजाम अन्सारी,अजिज अन्सारी र सराज अन्सारी लगायत ६ परिवारका १० घर जलेर नष्ट भएको छ ।

आगलागी समयमै स्थानीयहरु, नेपाल प्रहरी, सशस्त्र प्रहरी, इनरुवा नगरपालिका, देवानगञ्ज गाउँपालिका, कोशी, बराहक्षेत्र, दुहबी, लगायतको बारुण यन्त्रले आगलागी नियन्त्रणमा लिएको थियो । आगलागीमा परेर छ जनाको घर जलेर नष्ट भएपछि उनीहरु घरबार विहिन भएको स्थनाीय मोहोसिम आलमले जानकारी दिनुभयो । यसअघि हरिनगर गाउँपालिका वडा नं – १ लपका हाटको हजाम टोलमा आगजनी भएको थियो । उक्त अग्नि पीडितलाई हरिनगर गाउँपालिकाका वडा नं – १ का वडा सदस्य युवा नेता तथा समाज सेवी जमील अंसारीले राहत सामाग्री हस्तान्तरण गरेको केही केही बेरमा अर्को आगलागी भएको छ ।