इनरुवा, बैशाख १६ गते । नेकपा एमाले सुनसरीको १२ औं जिल्ला अधिवेशनको जेठ ५ गतेदखी ७ गतेसम्म गर्ने भएको छ । आईतबार नेकपा एमाले सुनसरीको १२ औं पूर्ण बैठकले जिल्ला सम्मेलनको मिति घोषणा गर्ने निणर्य गरेको हो । यहाँ १२ औं जिल्ला सम्मेलनको जेठ ५ गते भव्यताका साथ उदघाटन गर्ने एमाले सुनसरी सचिव पर्शुराम यादवले जानकारी दिनुभयो । सम्मेलनमा विभिन्न जनवर्गाीय संगठन, जिल्ला सल्लाहकार, लेखा कमिटि, जेष्ठ नागरिक मञ्चबाट प्रतिनिधित्व गर्ने र प्रतिनिधि सहभागि हुने यादवले जानकारी दिनुभयो ।
यसैबिच जिल्ला सम्मेलनमा अध्यक्ष सहितका पदाधिकारीका लागी नयाँ देखी पुराना नेताहरुको दौडधुप सुरु भएको पार्टी स्रोतले जनाएको छ ।
पार्टी स्रोतका अनुसार वर्तमान जिल्ला अध्यक्ष रेवतीरमण भण्डारीसंग केही मतले व।राजित हुनुभएका खेमराज पोखरेल र जिल्ला नेता निलम खनाल तथा नन्द कुमार बस्नेत जिल्ला अध्यक्षको आकाक्षिको रुपमा रहनुभएको छ । सम्मेलनमा अध्यक्ष सहितका पदाधिकारीहरु सर्वसहमतीको प्रयास गर्ने नभएको अवस्थामा मतदानबाट चयन गर्ने तयारी भएको जनाएको छ ।

१, आईतबार नेकपा एमाले सुनसरीको १२ औं पूर्ण बैठकमा उपस्थित नेताहरु ।
तस्विर ः