जयकृष्ण यादव । इनरुवा
इनरुवा, बैशाख २३ गते । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सुनसरीको चतरामा लागेको महाकुम्भले आन्तरीक तथा बाहय पर्यटन विकासमा महत्वपूर्ण योगदान गरेको बताउनुभएको छ । सभामुख घिमिरेले सुनसरीको बराहक्षेत्र स्थित चतरामा एक महिने महाकुम्भको विषेश अथितिको रुपमा बाह्र बर्षे पिण्डेश्वर महाकुम्भ मेलालाई सम्बोधन गर्नुहुदै लाखौ धार्मिक पर्यटकलाई भित्रियाएको र नेपाल तथा नेपालीको पहिचानलाई समेत उचाईमा पुर्याएको भन्दै यसले पर्यटन विकासमा योगदान गरेको बताउनुभएको हो । उहाँले धार्मिक पर्यटकिय क्षेत्र भएर पनि प्रचारप्रसारको आभावमा आझेल परेको बेला अर्ध कुम्भ र महाकुम्भले धार्मिक पर्यटनमा योग्दान तथा आर्थिक कारोबारमा पनि सार्थक सन्देश दिएको आफूले बुझेको बताउनुभयो ।
कार्यक्रममा जगदगुरु अनन्तश्री विभुषित श्री बालसन्त मोहनशरण देवाचार्यले सभामुखलाई बार्षिक कम्तीमा एक करोडका दरले बजेटको व्यवस्था वा कुम्भको नाममा अक्षय कोष स्थापना गरि अर्को ६ वर्षपछि हुने अर्धकुम्भमा बजेटको अभाव हुन दिन वतावरण मिलाईदिन आग्रह गर्नुभयो । देवाचार्यले सभामुख घिमिरेलाई देशको विकासका लागि धार्मिक पर्यटनको विकास जरुरी रहेको सुझाव दिनुभएको थियो । उहाँले कुम्भ, अर्ध कुम्भ वा महाकुम्भ सबै राज्यले जिम्मा लिएर गर्नुपर्ने समेत बताउनुभयो । उहाँले आफूहरुको पहलमा भएको महाकुम्भमा धार्मिक, पर्यटन कुरा मात्रै नभई एक अर्व बढीको आर्थिक कारोबार समेत भएको सुनाउनुभयो ।


१, सुनसरीको बराहक्षेत्र स्थित चतरामा एक महिने महाकुम्भको विषेश अथितिको रुपमा बाह्र बर्षे पिण्डेश्वर महाकुम्भ मेलालाई सम्बोधन गर्नुहुदै सभामुख देवराज घिमिरे ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा